१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

वामदेव गौतम एमालेमा समाहित हुन तयार

३ असार २०८०, आईतवार ०९:३५

असार ३, काठमाडौँ | नेता वामदेव गौतम नेकपा एमालेमा समाहित हुन तयार भएका छन् । आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली र गौतमबीच भएको कुराकानीमा गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान एमालेमा समाहित गर्नेबारे छलफल भएको गौतमले जानकारी दिए ।  ‘एमाले अध्यक्ष ओली र मबीच पहिलो चरणको छलफल भयो’, गौतमले ओलीसँगको भेटवार्तापछि भने, ‘आफ्नो पार्टीका नेता कार्यकर्ता कसरी व्यवस्थापन गर्नुहुन्छ ? पहिला त्यसबारे मोडल तय गरौँ त्यसो भएपछि हामी आउँछौ भनेर भनेँ ।’

गौतमले नेकपा एकता राष्ट्रिय अभियानमार्फत आफ्ना राजनीतिक गतिविधि गर्दै आएका छन् । ओली–गौतमबीचको कुराकानीमा गौतमले पहिला नेता कार्यकर्ताको व्यवस्थापनमा जोड दिएका थिए भने ओलीले पहिला तपाईँ आउनुस् अनि व्यवस्थापन गरौंला भन्ने जवाफ दिएका छन् । त्यस्तै ओलीले गौतमले राखेका विषयमा पार्टी बैठकमा राख्ने र छलफल गर्ने विश्वास दिलाएका छन् । नेता गौतमले अर्कोपटक पुन बसेर छलफल गर्दै टुङ्ग्याउने दुई नेताबीच सहमति भएको पनि बताए । 

‘अबको छलफलमा नेकपा एकता राष्ट्रिय अभियान भन्ने पार्टी नेकपा एमालेमा एकीकृत हुनका निमित्त तयार छ । म पनि तयार छु । तर यसमा भएका नेता कार्यकर्ताको व्यवस्थापन कसरी गर्ने हो त्यससम्बन्धी पहिला नै छलफल भएर टुंगो लगाएर मात्रै आउने भन्ने भएको छ’, गौतमले भने, ‘म तपाईंका विषयहरू अबको पार्टी बैठकमा राख्छु । त्यहाँबाट निर्णय गराएर अघि बढौला ’, अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै नेता गौतमले भने । नेकपा विभाजनसँगै गौतम नेकपा एकता अभियान नामक पार्टी गठन गरेका थिए ।

उनको पार्टी र अभियान प्रभावकारी नभएपछि एमाले, माओवादी र नेकपा एकीकृत समाजवादीसँग निरन्तर संवादमा रहेका गौतम सत्ता पक्षले समाजवादी मोर्चा बनाउने निश्चित भएपछि एमालेमा समाहित हुन तयार भएका हुन् । एमालेले ७० वर्षे उमेरहदको प्रावधान निलम्बन गरेसँगै गौतमलाई एमाले प्रवेश गर्न सहज भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट