Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बङ्गलादेश : २६ जनालाई फाँसी दिने जल्लाद शाहजहाँ ३२ वर्षपछि रिहा, जेलबाट बाहिर आएर भने…

२०८०, ४ असार सोमबार ०७:०४

असार ४, काठमाडौँ | बङ्गलादेशको इतिहासमा सबैभन्दा बढी मानिसलाई फाँसी दिने जल्लाद शाहजहान भुइया जेलबाट रिहा भएका छन् ।

७४ वर्षीय शाहजहाँ भुइयालाई जल्लाद शाहजहाँ पनि भनिन्छ । ३२ वर्षको जेल सजायपछि उनी आइतबार रिहा भएका हुन् ।


बीबीसी बङ्गलाका अनुसार जल्लाद शाहजहाँले बङ्गलादेशमा मृत्युदण्डको सजाय पाएका २६ जना दोषीलाई विभिन्न कारागारमा जल्लादको कर्तव्य निर्वाह गर्दा फाँसी दिएका थिए ।

शाहजहाँ भुइँयालाई सन् १९९१ मा प्रहरीले पक्राउ गरेको थियो । उनलाई हतियार राखेको मुद्दामा १२ वर्ष र डकैती–हत्या मुद्दामा ३० वर्ष कैद सजाय सुनाइएको थियो ।

उनलाई ४२ वर्षको जेल सजाय सुनाइएको थियो तर जेलमा उनलाई राम्रो व्यवहारका कारण सजायमा छुट दिँदै ३१ वर्षपछि रिहा गरिएको हो ।

जेलमा रहँदा पनि उनले जल्लादको काम गरे । एक दशक जेल बसेपछि उनले सन् १९८९ मा सहायक जल्लादका रूपमा आफ्नो जीवनको नयाँ अध्याय सुरु गरे । आठ वर्षपछि सन् १९९७ मा उनी प्रमुख कार्यकारी अधिकृतको पदमा बढुवा भए ।

जेलबाट रिहा भएपछि शाहजहाँले के भने ?

जेलबाट छुटेपछि जल्लाद शाहजहाँले पत्रकारहरूसँग कुरा गर्दै भने, ‘मसँग बस्ने ठाउँ नभएकोले मलाई घर चाहिन्छ । प्रधानमन्त्रीलाई घर दिन अनुरोध गर्दछु ।’

‘मसँग मेरी बहिनी र भतिजा मात्र छन्, तर लामो समयदेखि सम्पर्कविहीन भएका छन् । अब बाँच्नको लागि अरूको दयामा भर पर्नुपर्ला कि भन्ने डर छ ।’

उनले भने, ‘म मेरो बाँकी जीवन शान्तिसँग बिताउन चाहन्छु ।’

मानिसलाई फाँसी दिनुपर्‍यो भनेर कुनै पछुतो छ त भनेर उनलाई प्रश्न सोधिएको थियो । यसको जवाफमा उनले भने, ‘कसैलाई मृत्युदण्ड दिने भन्ने निर्णय मैले गर्ने होइन । यो काम अदालतको हो ।’

‘अहिलेसम्म फाँसी दिइएका सबैले सर्वोच्च अदालत र राष्ट्रपतिसमक्ष पनि माफीका लागि अपिल गरेका छन् । उनीहरूको अपिल खारेज हुँदा मैले किन पछुताउनु पर्‍यो र ? ’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ