१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

यो मोर्चा कसैलाई लक्षित गरेर बनेको होइन, अहिलेदेखि बर्बराउन पर्दैन: उपेन्द्र यादव

४ असार २०८०, सोमबार ११:५५

असार ४, काठमाडौँ | जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चा कसैप्रति लक्षित नबनेको भएकाले अहिलेदेखि नतर्सिन आग्रह गरेका छन् ।

समाजवादी मोर्चा घोषणासभालाई सम्बोधन गर्दै उनले मोर्चा घोषणाअघि नै केही व्यक्तिहरु बर्बराउन थालेको बताए ।

उनको भनाइ जस्ताको तस्तै

चार दल मिलेर साझा कुराहरुमा हामी अगाडि बढ्छौं । दलहरुको आआफ्नो विचार र दृष्टिकोण छन् । तर, साझा मुद्दालाई लिएर अगाडि बढ्छौं । यो मोर्चाले भविष्यमा सफलता पाउने कुरामा ढुक्क हुनुपर्छ । हुन त मोर्चा र गठबन्धन बन्दै भत्किँदै गरेकाले के हो, कसो हो भन्ने लागेको पनि हुनसक्छ ।

त्यो आशंका हुन पनि सक्छ । त्यसलाई हामीले व्यवहारबाट गलत सावित गर्दै निश्चित उद्देश्य प्राप्तिका लागि वैचारिक राजनीतिक रुपमा अगाडि बढाएका हौं । यो आफ्नो लक्ष्यअनुसार बढ्नेमा ढुक्क छौं । यो मोर्चाले गर्दा कसैलाई तर्सिनुपर्दैन । हामी परिवर्तन र राष्ट्र निर्माणमा अघि बढ्छौं । यो कसैको विरुद्धमा लक्षित छैन ।

केही साथीहरु अघि नै बर्बराउन थालेको देख्छु । हामी देश र जनताको लागि सहकार्य र सहयोगको आधारमा अगाडि बढ्छौं । तर, प्रतिगमनकारी शक्तिहरु जसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्ने खेल खेलेका छन्, तिनका विरुद्ध यो मोर्चा होमिनेछ । आवश्यक परे संघर्ष पनि गर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट