असार ५, काठमाडौं | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल राम बिना र भारत सीता बिना अधुरो रहेको बताएका छन्।
नेपाल भारतबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउन हामीले एकअर्कालाई सम्मान गर्नुपर्ने उनको भनाइ छ ।
आज लुम्बिनीमा आायेजित अन्तर्राष्ट्रिय योग दिवसको अवसरलाई सम्बोधन क्रममा उनले २३ सय वर्ष अघिदेखि नेपाल र भारतबीचको सम्बन्ध प्रगाढ रहदै आएको र कौटिल्य शास्त्रमा आधारित कुरा गर्ने हो भनेपनि नेपाल र भारतको सम्बन्ध एक अर्कासँग अटुट रहेको बताए । उनले भने "हामी राम बेगर अपूर्ण छौँ । भारत सीता बेगर अपूर्ण छ ।’
मन्त्री किराँतीले योगलाई शारीरिक मानसिक र स्वास्थ्यको रुपमा मात्रै जोडेर हेर्ने गरिएपनि योग आफैँमा मानव कल्याणको साझा ज्ञान भएको समेत बताएका छन् ।
उनले पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमण गरेपछि नेपाल र भारतबीचको इतिहासदेखिको सम्बन्ध पुनः स्थापित भएको बताए ।
महेन्द्रनगरबाट नेपाल आउने हवाई रुट र भैरहवा हवाई रुट सहजताका लागि भारत सरकारसँग सकारात्मक छलफल भइरहेको उनले जानकारी गराए ।