१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

अमेरिकी विदेशमन्त्री चीनमै छँदा चिनियाँ बम वर्षक जहाजद्वारा ताइवान घेराउ !

५ असार २०८०, मंगलवार ११:३२

असार ५,काठमाडौँ | चिनियाँ बमवर्षक विमानहरुले ताइवानलाई घेरेका छन् । सोमबार राति भएको घेराउको जानकारी ताइवानी नागरिकहरुलाई दिइएको चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

भ्रमणमा आएका अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिन्कन चीनमै रहेको र राष्ट्रपति सी जिनफिङसँग भेट भएकै दिन ताइवानलाई बमवर्षक विमानले घेरेको अभ्यास चिनियाँ जनमुक्ति सेनाले गरेको हो । नियमित अभ्यासको क्रममा यस्तो घेराउ गरिएको चिनियाँ पक्षले उल्लेख गरेको छ ।

‘एच-सिक्स के’ नामक बमवर्षक विमानहरु उडाएर चीनले ताइवान घेरेको हो । दिउँसोभन्दा रात्रिकालीन घेराउ अभ्यास जटिल हुने भए पनि जनमुक्ति सेनाले त्यो अभ्यास गर्नैपर्ने ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

ग्लोबल टाइम्सका अनुसार सन् २०२२ अगस्ट २ मा रात्रिकालीन समयमै अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेकी थिइन् । त्यही प्रसंग जोड्दै चिनियाँ अखबारले ताइवानको पृथकतावादी कार्यक्रम जतिसुकै बेला हुनसक्ने भन्दै त्यसकै लागि रात्रिकालीन अभ्यास अनिवार्य भएको उल्लेख गरेको छ ।

प्रविधि, व्यापार र ताइवान मुद्दामा चीन र अमेरिकी सरकारहरु पछिल्ला पाँच वर्षमा राम्रो सम्बन्धमा छैनन् । सैन्य सम्बन्धमा पनि सञ्चार हुन छोडेको छ । त्यही समस्यालाई केही हदसम्म भए पनि कम गर्न ब्लिन्कन चीन भ्रमण पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट