२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

कुवेतद्वारा नेपाल ३-१ गोल अन्तरले पराजित

२०८०, ६ असार बुधबार १२:०५

असार ६, बैंगलुरु । साफ च्याम्पियनसिप फुटबलको आफ्नो पहिलो खेलमा कुवेतद्वारा नेपाल ३-१ गोलले पराजित भएको छ । भारतमा सुरु भएको साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाल आमन्त्रित टिम कुवेतसित पराजित भएको हो ।

भारतको बेंलुरुस्थित श्री कान्तिरवा स्टेडियममा भएको खेलमा कुवेतका लागि खलिद हाजियाले २३ औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि ४१ औं मिनेटमा सबायब अलखल्दीले दोस्रो गोल थपे । तेस्रो गोल भने पेनाल्टीबाट भएको थियो‚ यसमा मोहम्मद अब्दुल्लाहले गोल गरेका थिए ।

नेपालका लागि १ गोल भने अन्जन विष्टले गरेका थिए । नेपालका लागि ६८औं मिनेटमा अञ्जन बिष्टले गोल गरेका हुन् । यस बाहेक नेपालले केहि अवसर सदुपयोग गर्न सकेन । नेपालको लागि सुरुवातदेखिनै हावी देखिएको कुवेतको बिरुद्ध नेपालले गोल फर्काएपछि केहि राम्रो पर्दर्शन गर्यो । 

आजको खेलमा १ गोल गरेका अन्जन विष्ट नेपालका लागि सर्वाधिक गोलको कीर्तिमान नजिक पुगेका छन् । उनको यो १२ औं गोल हो । अब उनी कीर्तिमानबाट एकै गोल मात्रै टाढा छन् । नेपालका लागि सर्वाधिक गोलको कीर्तिमान हरि खड्का र निराजन रायमाझीको नाममा छ । उनीहरू दुवैले समान १३ गोल गरेका छन् ।

आजको खेलमा पराजय भोगेसंगै नेपालले बाँकी आफ्नो दुई खेलमा कडा मिहिनेत गर्नुपर्ने भएको छ । कुवेतविरुद्धका १० खेलमा नेपाल जितविहीन छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी