असार ७, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीले अनिल केशरी शाहलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको छ । आजै पार्टी प्रवेश गरेका शाहलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिइएको सभापति रवि लामिछानेले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।