असार ७, काठमाडौँ | कप्तान साई होप र निकोलस पुरानबीच शानदार शतकपछि वेस्ट इन्डिज जिम्बावेमा जारी विश्वकप छनोटअन्तर्गत नेपालविरुद्ध अहिले भइरहेको खेलमा उच्च योगफलतर्फ अग्रसर भएको छ।
वेस्ट इन्डिजले ४२.२ ओभरमा ३ विकेट गुमाएर २ सय ५९ रन बनाएको छ। होप ११२ र पुरान १०६ रनमा खेल्दैछन्। उनीहरुबीच चौथो विकेटका लागि दुई सय १८ रनको साझेदारी भइसकेको छ।
९ रन जोड्दा दु्ई विकेट गुमाएको वेस्ट इन्डिजले तेस्रो विकेट ५३ रनको स्थितीमा गुमाएको थियो। त्यसपछि होप र पुरानले शानदार ब्याटिङ गरिरहेका छन्। नेपालका सन्दीप लामिछाने, करन केसी र गुल्सन झाले एक एक विकेट लिए।