१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

विशाल लक्ष्य पछ्याएको नेपालको खराब शुरूआत, दोस्रो विकेट गुम्यो

७ असार २०८०, बिहीबार ११:४९

असार ७, काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत वेस्ट इन्डिजविरुद्ध ३४० रनको विशाल लक्ष्य पछ्याएको नेपालले सस्तैमा २ विकेट गुमाएको छ ।

४ ओभर २ बलमा २३ रनको स्थितिमा नेपालले २ विकेट गुमाएको हो । कुशल भुर्तेल ५ र भीम सार्की २ रन जोडेर आउट भए ।

हरारे स्पोर्ट्स क्लब जिम्बाब्वेमा यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ७ विकेटको क्षतिमा ३३९ रन जोडेको थियो ।

बलिङमा आक्रामक शुरूआत गरेको नेपालले त्यसलाई निरन्तरता दिन नसक्दा विशाल लक्ष्य पाएको हो ।

५३ रनमा ३ विकेट गुमाएको वेस्ट इन्डिजलाई शाइ होप र निकोलश पुरनले शतकीय योगदान गर्दै विशाल स्कोरमा पुर्‍याएका थिए ।

कप्तान होप १३२ र पूरन ११५ रन बनाएर आउट भए ।

नेपालका लागि ललित राजवंशीले ३ तथा  करण केसी, गुल्सन झा, सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले १-१ विकेट लिए ।

प्रतियोगितामा नेपालले तेस्रो खेल खेलिरहेको हो । वेस्टइन्डिजले भने यसअगाडि एक खेल मात्र खेलेको  छ।

नेपाल एक हार र एक जीतसहित समूहको तेस्रो र एक जीतसहित वेस्टइन्डिज दोस्रो स्थानमा छन् ।

नेपाल र वेस्टइन्डिज पहिलोपटक आमनेसामने हुन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट