१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बालकृष्ण खाणलाई भेट्न केन्द्रीय कारागार सुन्धारा पुगे परराष्ट्रमन्त्री एनपी साउद

८ असार २०८०, शुक्रबार ०५:४०

असार ८, काठमाडौँ | परराष्ट्रमन्त्री एनपी साउदले नक्कली शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणलाई भेटेका छन् । बिहीबार विहान १० बजे मन्त्री साउद खाणलाई भेट्न केन्द्रीय कारागार सुन्धारा पुगेका हुन् ।

जिल्ला अदालत काठमाडौंले १ असारमा खाणसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । कारागार स्रोतका अनुसार खाण पुर्पक्ष चलान भएको एक सातापछि भेट्न गएका मन्त्री साउदले करिब १० मिनेट जति संवाद गरेका थिए । पार्टी राजनीतिमा खाण र साउद समकालिन नेता हुन् ।

खाण २०४४ सालमा नेविसंघको केन्द्रीय अध्यक्ष भएका थिए भने उनको उत्ताधिकारीका रुपमा साउद नेविसंघको नेतृत्वमा पुगेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवा निकट खाण र साउद पार्टी संगठनमा राम्रो होल्ड भएका नेता हुन् । 

शरणार्थी प्रकरणमा फसेपछि खाणको लिगेसी के हुन्छ भन्ने कांग्रेसभित्र बहस भइरहेका बेला मन्त्री साउद भेट्न पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । कांग्रेसको १४ औं महाधिवेशनमा खुल्ला केन्द्रीय सदस्यतर्फ साउद दोस्रो र खाण तेस्रो बढी मत ल्याएर विजयी भएका थिए ।

बिहीबार मन्त्री साउदका साथै कांग्रेस सहमहामन्त्रीद्वय महेन्द्र यादव र भिष्मराज आङ्डेम्बे पनि खाणलाई भेट्न सुन्धारा पुगेका थिए । उनीहरुले छुट्टाछुट्टै खाणलाई भेटेको कारागार स्रोतले जनाएको छ ।

उनीहरुसँग पार्टी र मुलुकको राजनीतिबारे खाणले चासो राखेका थिए । भेटमा पुर्वपक्षका लागि थुनामा रहेका खाणले आफूमाथिको आरोप झुट्टो भएको बताएका थिए । जेलको बसाइबारे नेताहरुले खाणलाई सोधेका थिए । जवाफमा खाणले सबै राम्रै रहेको बताएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट