२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रधानमन्त्रीले सांसदलाई चिन्न नसकेपछि..

२०८०, ८ असार शुक्रबार ०६:२५

असार ८, काठमाडौँ | प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तरका क्रममा केही सांसदलाई प्रधानमन्त्रीले चिन्न नसकेपछि सभामुखको सहयोग मागेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शुक्रबारको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री कार्यालयले पर्याप्त तयारी नगरेका कारण पटकपटक झुक्किने अवस्था समेत देखियो ।

एमालेका अच्युत मैनाली र कांग्रेसका अजय चौरसियापछि प्रश्न सोध्न सभामुख देवराज घिमिरेले कांग्रेस सांसद अन्जनी श्रेष्ठको नाम बोलाए । उनले आफ्नो प्रश्न पनि राखिन् ।

तर, प्रधानमन्त्रीले उनलाई चिन्न सकेनन् र सभामुखको सहयोग मागे । सभामुखले अन्जनी श्रेष्ठको नाम लिएपछि प्रधानमन्त्रीले जवाफ दिए ।

त्यस्तै कांग्रेस सांसद अम्बिका बस्नेतलाई पनि प्रधानमन्त्रीले चिन्न सकेनन् । पूर्वमन्त्री समेत रहेकी बस्नेत चर्चित कांग्रेस नेता पनि हुन् । तर, प्रधानमन्त्रीले उनलाई पनि नामले चिन्न नसकेपछि पुनः सभामुखको सहयोग मागे ।

सभामुखले अम्बिका बस्नेत भनेर चिनाएपछि प्रधानमन्त्री पुनः अलमलिए । उनले अम्बिका बस्नेतको प्रश्न हराएपछि पुनः प्रश्न सोध्न आग्रह गरे । प्रधानमन्त्रीले यस्तो हुनुमा आफ्नो तयारीमा कमजोरी देखिएको समेत स्वीकार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह