Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

लागुऔषध कारोबार गरेको आरोपमा ५ विदेशीसहित १२ जना पक्राउ

२०८०, ८ असार शुक्रबार ०८:०३

असार ८, काठमाडौँ | लागुऔषध कारोबार गरेको आशंकामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । आठ चरणको अपरेशन चलाएर एक दर्जन आरोपीलाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका एसपी चक्रराज जोशीले पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक हेमन्तकुमार शर्मा, राम भजन भन्ने सञ्जिवकुमार, जर्मन नागरिक पाउल रेष्ट, चितवन घर भएका २९ वर्षीय महेश चौधरी र काठमाडौँको चन्द्रागिरी घर भएका सुगम मैनाली छन् ।


प्रहरीले हेमन्तकुमार शर्माको साथबाट १ सय ग्राम खैरो हेरोइन बरामद गरेको छ । जर्मन नागरिक पाउलको साथबाट ६ केजी ८६० ग्राम चरेश बरामद गरिएको छ । उनी काठमाडौँबाट चरेश बोकेर इस्तानबुल हुँदै जर्मन जाँदै थिए । ललितपुरको युएन पार्कबाट पक्राउ गरिएका महेश चौधरीको साथबाट कोडिन १६ बोत्तल बरामद गरिएको छ ।   ब्यूरोले सञ्चालन गरेको पाँचौ अपरेशनमा ३ ग्राम ७ सय मिलिग्राम कोकिन र एलएसडी स्टिकरसहित काठमाडौँ महानगरपालिका–१८ घर भएका मुखिया गुरुङ, मोरङ घर भएका राज गौतम र चेक रिपब्लिकका नागरिक ३२ वर्षीया मार्टिना सेरना पक्राउ परेका छन् ।


छैटौं चरणको अपरेशनमा ठमेलबाट इटालियन नागरिक डेभिड मिनादेओ लाई पक्राउ गरिएको प्रहरी उपरिक्षक जोशीले जानकारी दिए । इटालिनय डेभिडको साथबाट प्रहरीले १ हजार ९८ थना एलएसडी स्टिकर, ३८ ग्राम एम्फेटामाइन र ६ ग्राम चरेश बरामद गरेको छ । काठमाडौँको बालाजुबाट प्रहरीले धादिङ घर भएका ४२ वर्षीय दावा तामाङ र ३३ वर्षीय नर बहादुर तामाङलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट प्रहरीले २ ग्राम ४५० मिलिग्राम मेथाम फेटामाइन बरामद गरेको छ ।

काठमाडौँबाट ओमानको मस्कट जान लागेका झापाका २४ वर्षीय सुमन लिम्बुलाई ब्यूरोको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमनस्थलबाट पक्राउ गरेको छ । लिम्बुको साथबाट ४ केजी ७५० ग्राम गाँजाको धुलो बरामद गरिएको ब्यूरोले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ