बुलावायोमा श्रीलंकासँगको खेलमा ओम"/>
बुलावायोमा श्रीलंकासँगको खेलमा ओम"/>
असार ८, काठमाडौँ | आईसीसी विश्वकप क्रिकेट छनोटमा अहिले समूह 'बी' का श्रीलंका र ओमान तथा स्कटल्याण्ड र यूएई खेलिरहेका छन् ।
बुलावायोमा श्रीलंकासँगको खेलमा ओमान ९८ रनमै अलआउट भएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमान ३० ओभर २ बलमा ९८ रनमा अलआउट भयो । उसका आयान खानले ४१, जितेन्दर सिंहले २१ र फायाज बटले १३ रन बनाउनुबाहेक अरु कसैले पनि दोहोरो अंकमा रन बनाउन सकेनन् ।
श्रीलंका विनिन्दु हसरंगाले पाँच, लाहिरु कुमाराले तीन र कसुन रजिथाले एक विकेट लिए । ओमान यसअघिका दुवै खेल जितेर तालिकाको शीर्ष स्थानमा छ । श्रीलंकाले पनि आफ्नो पहिलो खेलमा यूएईलाई हराएको थियो ।