१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिने प्रक्रिया सुरु, प्रशासनले माग्यो यी कागजात

८ असार २०८०, शुक्रबार ११:१२

असार ८, काठमाडौँ | सर्वोच्च अदालतले नागरिकता ऐन कार्यन्वयनमा लगाएको यसअघिको अन्तरिम आदेश खारेज गरेलगत्तै तराई मधेशका जिल्ला प्रशासन कार्यालयहरुले जन्मका आधारमा नागरिकता लिएका व्यक्तिका सन्तानलाई

वंशजको नागरिकता दिने प्रक्रिया थालेका छन् ।

सर्वोच्चको आदेशसँगै गत जेठ १७ गते राजपत्रमा प्रकाशित भएको नागरिकता ऐन र नागरिकता नियमावली २०६३ कार्यन्वयनमा गएको हो ।

जन्मसिद्धका सन्तानले बंशजको नागरिकता लिनका लागि वडा कार्यालयमार्फत कागजातहरु पूरा गर्नुपर्ने प्रशासनको सूचनामा उल्लेख छ ।

बर्दिया जिल्ला प्रशासन कार्यालयले शुक्रवार जारी गरेको सूचनामा वडाको सिफारिस,बाबु र आमाको सक्कल नागरिकता,सक्कल जन्मदर्तालगायतका कागजात संलग्न गर्नुपर्ने उल्लेख छ ।

त्यस्तै, नेपालमा नजन्म भई स्थाीय रुपमा नेपालमा बसोबास गरेको भनी वडाबाट सिफारिस गगर्ने र वडा सर्जमिन मुचुल्का पनि हुनुपर्ने उल्लेख छ ।

सबै जिल्ला प्रशासनले सोही बमोजिमको सूचना जारी गर्दै रहेको गृह मन्त्रालयले जनाएको छ । कसैको दाबीमा शंका लागेमा प्रशासनले गोप्य स्थलगत प्रहरी सर्जमिन मुचुल्का पनि गर्न सक्ने उल्लेख छ । आइतवारबाट नागरिकता दिने प्रक्रिया शुरु हुने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट