१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

अदालतले बाटो खुला गरे पनि ‘आदिपुरुष’ प्रदर्शन नगर्ने चलचित्र संघको निर्णय

८ असार २०८०, शुक्रबार ११:२३

असार ८, काठमाडौँ | अदालतले प्रदर्शनका लागि बाटो खुला गरे पनि विवादित फिल्म ‘आदिपुरुष’लाई नेपालमा प्रदर्शन नगर्ने चलचित्र संघले निर्णय गरेको छ । संघले शुक्रबार वक्तव्य जारी गरेको विज्ञप्तिमा ‘आदिपुरुष’बाहेकका अन्य फिल्मलाई मात्र प्रदर्शन गर्ने उल्लेख छ ।

नेपालको कानुनको अधीनमा रही स्वतन्त्र रुपमा व्यवसाय गर्न पाउनु नैसर्गिक अधिकार रहेको समेत संघले जनाएको छ । राष्ट्र र राष्ट्रियताभन्दा माथि कोही पनि छैन भन्ने मान्यता संघको रहेको भन्दै अदालत, संविधान एवं ऐन कानुनको पालना गर्नु नागरिकको कर्तव्य रहेको समेत संघले जनाएको छ ।

उच्च अदालत पाटनले बिहीबार काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध संघले दायर गरेको मुद्दामा सुनुवाइ गर्दै भारतीय फिल्मको प्रदर्शनलाई निरन्तरता दिन अल्पकालीन अन्तरिम आदेश दिएको थियो । जसअनुसार मंगलबार संघ र महानगर दुवै पक्षलाई छलफलका लागि बोलाइएको छ । साथै, सेन्सर बोर्डले पास गरेका फिल्मलाई प्रदर्शनमा रोक नलगाउन भन्दै अदालतले आदिपुरुष प्रदर्शनको बाटो समेत खुला गरिदिएको थियो ।

अदालतले आदेश दिए पनि आदिपुरुषको प्रदर्शन नगर्ने निर्णय संघले गरेको हो । जसअनुसार शुक्रबारदेखि नेपालमा सारा अली खान र विक्की कौशल स्टारर ‘जरा हट्के जरा बच्के’ फिल्मको पुनः प्रदर्शन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट