2026-09-20 11:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

ओमानमाथि श्रीलंका १० विकेटले विजयी

असार ८, काठमाडौँ | आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत समुह बि मा श्रीलंकाले लगातार दोस्रो जित हासिल गरेको छ ।

शुक्रबार सम्पन्न खेलमा श्रीलंकाले ओमानलाई १० विकेटले पराजित गरेको हो । ओमानले दिएको ९९ रनको लक्ष्य पछाएको श्रीलंकाले १५ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो ।

श्रीलंकाका लागि दिमुथ करुनारत्नेले अविजित ५७ रन बनाए भने पाथुम निसाकाले अविजित ३७ रन बनाएका थिए । 

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको ओमान ३०.२ ओभरमा ९८ रनमा अल आउट भएको थियो ।

ओमानका लागि अयान खानले सर्बाधिक ४१ रन बनाए भने जितेन्दर सिंहले २१ रन बनाए । त्यस्तै फयाज बटले अविजित १३ रन बनाएका थिए । ओमानका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए ।

श्रीलंकाका बलर वानिन्दु हसरंगाले सर्बाधिक ५ विकेट लिएका थिए भने लाहिरु कुमाराले ३ विकेट लिएका थिए । त्यस्तै कसुन राजिथाले एक विकेट लिए ।

जारी क्वालिफायरमा श्रीलंकाको यो लगातार दोस्रो जित हो । २ खेलमा श्रीलंकाको ४ अंक भएको छ । त्यस्तै ओमानको ३ खेलमा २ जित र्यो हारसहित ४ अंक रहेको छ ।

अब श्रीलंकाले अर्को खेल आइतबार आयरल्याण्डविरुद्ध खेल्दै छ भने ओमानले आफ्नो समुह चरणको अन्तिम खेल आइतबार नै स्कटल्याण्डविरुद्ध खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो