२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

लिखित र ट्रायल फेल भएका ४६३ जनालाई लाइसेन्स दिने यातायात प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

२०८०, ८ असार शुक्रबार ११:४७

असार ८, काठमाडौँ | सवारी चालक अनुमति पत्रको लिखित तथा ट्रायल परीक्षामा अनुत्तीर्ण ४६३ जनालाई परीक्षाको परिणाम हेरफेर गरी उत्तीर्ण गराउने यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालीन कार्यालय प्रमुख लक्ष्मण शाहीसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

सरकारी कागजात सच्याई परीक्षाको परिणाम फेरबदल गर्ने शाहीसहित  तत्कालीन सहायक कम्प्युटर अपरेटर (करार) नरेन्द्रकुमार कठरिया र कम्प्युटर अपरेटर पवनकुमार रावलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

सवारी चालक अनुमति पत्रका लागि प्रयोगात्मक परीक्षामा फेल भएका परीक्षार्थीहरूलाई उत्तीर्ण गराएको र लिखित परीक्षामा उत्तीर्ण नभएका र लिखित परीक्षामा समावेश नभएका सयौं परीक्षार्थीहरूलाई प्रयोगात्मक परीक्षामा सामेल गराई उत्तीर्ण गराएको भन्दै मुद्दा दायर गरिएको हो ।

शाहीले आफ्नो आधिकारिक युजर आईडी प्रयोग गरी वर्ग A, B, C/C1, K र J1  का सवारी चालक अनुमतिपत्रका लागि लिइएका लिखित परीक्षामा अनुत्तीर्ण १८० जना परीक्षार्थीलाई पास गराएको अभियोग पत्रमा उल्लेख छ ।

त्यसक्रममा शाहीले प्रविष्ट (अपलोड) गरेका उक्त १८० जना परीक्षार्थीमध्ये १३ जनाको उत्तरपुस्तिकामा परीक्षकले लेखेको नतिजा/प्राप्तांकलाई रि-राइट, ओभर-राइटसमेत गरी सच्याएको अभियोगपत्रमा उल्लेख छ ।

शाहीले वर्ग A, B, E, G र K का सवारी चालक अनुमतिपत्रका लागि लिइएका प्रयोगात्मक परीक्षा ट्रायलमा उपस्थित नै नभएका ३९ जना, फिल्ड प्रतिवेदनको नतिजा/प्राप्तंकमा रि-राइट, ओभर-राइटसमेत गरी उत्तीर्ण बनाइएका २३ जना र परीक्षामा अनुत्तीर्ण भएका २२१ जना गरी जम्मा २८३ जना परीक्षार्थीहरूको फिल्ड प्रतिवेदनको नतिजा फेरबदल गरी उत्तीर्ण जनाएका थिए ।

शाहीले तोकिएको प्रणालीमा प्रविष्ट गर्ने काम गरेको र उक्त २८३ जनामध्ये २१ जना परीक्षार्थीहरूको नतिजालाई स्वीकृत (एप्रुभ) गर्ने कामसमेत शाहीकै आधिकारिक युजर आईडीबाट भएको अभियोगपत्रमा उल्लेख छ ।

शाहीले सवारी चालक अनुमतिपत्रका लागि लिइएको लिखित परीक्षामा १८० जना र प्रयोगात्मक परीक्षामा २८३ जना परीक्षार्थीहरूको परीक्षाको परिणाम फेरबदल गरी गर्न लगाई भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरिएको हो ।

साथै, यातायात व्यवस्था कार्यालय, धनगढीका तत्कालीन सहायक कम्प्युटर अपरेटर (करार) नरेन्द्रकुमार कठरिया र कम्प्युटर अपरेटर पवनकुमार रावलले आफ्नो आधिकारिक युजर आईडी प्रयोग गरी वर्ग A, B, र K का सवारी चालक अनुमतिपत्रका लागि लिइएका लिखित परीक्षाहरूमा अनुत्तीर्ण भएका ६१ जना परीक्षार्थीको लिखित परीक्षाको परिणाम फेरबदल गरेको पाइएको छ ।

ती ६१ जनालाई उत्तीर्ण जनाई लिखित परीक्षाको नतिजा प्रतिवेदनमा विवरण प्रविष्ट (अपलोड) एवं वर्ग A, B, C/C1, E, F, G र K का सवारी चालक अनुमतिपत्रका लागि लिइएका प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण/अनुपस्थित भएका २८३ जनाको परीक्षाको परिणाम फेरबदल गरेका थिए । कठरिया र पवनकुमार रावलले पनि सोही काम गरेको भन्दै उनीहरूविरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह