Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

विश्वकप छनोट यात्रा टुंगिएपछि क्रिकेट टिमलाई ओलीको सान्त्वना– एउटा असफलता यात्राको अन्त्य होइन, हाम्रो यात्रा जारी छ’

२०८०, १० असार आईतवार ०६:०४

असार १०, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आईसीसी विश्वकप छनोटबाट बाहिरिएको नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यलाई सान्त्वना दिएका छन्। 

एउटा असफलता यात्राको अन्त्य नभएको बताउँदै ओलीले यात्रा जारी रहेको बताएका छन्। 

नेपाली राष्ट्रिय क्रिकेट टिम शनिबार नेदरल्याण्डस्‌सँग ७ विकेटले पराजित भएपछि विश्वकप छनोटबाट बाहिरिएको थियो। समूह चरणको अन्तिम खेलमा नेदरल्याण्डस्‌विरुद्ध राम्रो प्रदर्शन गर्न नसकेको नेपाली टिमलाई ओलीले ‘यात्रा’ जारी राख्नुपर्ने सुझाव दिएका छन्। 

‘आईसीसी एकदिवसीय क्रिकेट विश्वकपमा सहभागी हुन त हामीले पाएनौँ।  मेहनत जननी हो भने परिणाम शीशु’, अध्यक्ष ओलीले आइतबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘कहिलेकाहीँ मेहनतका बाबजुद पनि परिणाम प्राप्त नहुन सक्छ। यसबाट निराश हुनु हुँदैन।’

जित हुन नसके पनि नेपाली टिमको मेहनत कमजोर नभएको बताउँदै अध्यक्ष ओलीले त्यसका लागि नेपाली क्रिकेट टोलीलाई धन्यवादसमेत दिएका छन्। 

‘परिणाम हामीले सोचेजस्तो नभए पनि नेपाली टिमको मेहनत कमजोर थिएन’, ओलीले भनेका छन्, ‘मेहनतका लागि धन्यवाद नेपाली क्रिकेट टिम।’

उनले नेपाल फर्केपछि सँगै बसेर खाना खान नेपाली क्रिकेट टोलीका सदस्यलाई प्रस्ताव पनि गरेका छन्।  

‘नेपाल फर्केपछि सँगसँगै खाना खानेगरी भेटौँला’, उनले हौसला दिँदै भनेका छन्, ‘एउटा असफलता यात्राको अन्त्य होइन, हाम्रो यात्रा जारी छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ