८ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सांसद पौडेलको प्रश्न : जलहरी प्रकरणमा भएको के हो ? कति सुन हराएको हो ?

११ असार २०८०, सोमबार ०६:२८

असार ११, काठमाडौँ | प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले पशुपति नाथ मन्दिरको गर्भगृहमा रहेको सुनको जलहरी ट्रकमा ल्याएको सामान जसरी जोख्ने काम भएको भन्दै यसबारे सत्यतथ्य सदनमा जनाकारी गराउनुपर्ने माग राखेका छन् ।  सोमबारको प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद पौडेलले पशुपतिनाथ मन्दिरको गर्भगृहमा रहेको जलहरीबारे सदनमा निकै चर्चा भएको र जोख्ने तौलने काम भएको भन्दै यसको सत्यतथ्य जानकारी गराउन माग गरे । 

‘जलहरीबारे सदनमा निकै चर्चा भयो, मिडियाहरुमा पनि प्रमुखताका साथ समाचार आएको छ । तर भएको के हो ? आज पशुपति क्षेत्र विकास कोष, नेपाल प्रहरी, सुनचाँदी व्यवसायी संघ, गुणस्तर तथा नापतौल विभाग, पुरातत्व विभाग, खानी तथा भूगर्भ विभाग र जनप्रतिनिधिहरुले त्यहाँको सुनको खोजी गरेर जोख्दै हुनुहुन्छ भन्ने हामीले सुनेका छौ’,

पूर्वमन्त्री समेत रहेका पौडेलले भने, ‘कति सुन हराएको हो ? कति सुन बाँकी छ ? के स्थिति हो ? यो कुनै ट्रकमा ल्याएको सामग्री जोख्ने कुरा होइन ।  यसको सत्यतथ्य जनाकारी गराउन सदनमार्फत सम्वन्धित निकायको ध्यानाकर्षण गराउँछु ।’ जलहरी प्रकरणमा हिनामिना भएको सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार जलहरीको नापजाँच गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छविलाल जोशी र लिला पछाईंलाई थप ७ दिन हिरासतमा राख्न अनुमति धनराज र ऋषिकेशलाई जोगाएर रविलाई थुनेको भन्दै माओवादीको आपत्ति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति रवि लामिछानेको म्याद थपबारेको बहस सकियो ‘पुष्पा २’ नेपालमा अहिलेसम्मकै महंगो मूल्यमा भित्रिँदै, लगानी उठाउन १९ करोड कमाउनुपर्ने जीवी राईका कानूनी सल्लाहकार राष्ट्रपतिको सल्लाहकार पङ्क्तिमा विराजमान हुनु लज्जास्पद : सूर्य थापा पर्यटनमन्त्री पाण्डेका तीन महिना : ऐन, नियम र कानुन निर्माण प्राथमिकतामा जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न राष्ट्र संघको सहयोग जरुरी सलमान खानलाई धम्की दिने पक्राउ : ५ करोड भारु फिरौती माग्ने झारखण्डमा तरकारी बेच्थे विराज भट्टको ‘१२ गाउँ’ कीर्तिमानी व्यापारको यात्रामा, दुई हप्तामा कति कमायाे ? रवि र छवीलाई अदालतमा उपस्थित गराइयो रास्वपाको आज पोखरामा अन्तिम प्रदर्शन, अब काठमाडौँ केन्द्रीत आन्दोलन गर्ने आज घट्यो सुनचाँदीको मूल्य तिहारमा काठमाडौंमा प्लास्टिकको मालामा प्रतिबन्ध विपद् व्यवस्थापनमा विश्व बैंकले नेपाल सरकारलाई १५० मिलियन डलर ऋण दिने रवि लामिछाने र छविलाल जोशीलाई म्याद थपका लागि एकसाथ अदालतमा पेस गरिँदै नेपाल जापानसँग ९–२ गोल अन्तरले पराजित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै इरानमाथिको आक्रमणले विश्वलाई इजरायलको हैसियत देखाउने रक्षामन्त्री गालान्टको दाबी च्याम्पियन्स लिगमा बार्यन म्युनिखविरुद्ध बार्सिलोनाको शानदार जित