Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

काठमाडौँ महानगरमा ‘प्लस टु’ मा आफूखुसी शुल्क लिन नपाउने

२०८०, ११ असार सोमबार १०:०२

असार ११, काठमाडौँ | काठमाडौँ महानगरपालिकाले ‘प्लस टु’ मा आफूखुसी शुल्क लिने कार्यमा रोक लगाएको छ । महानगरपालिकाले शुल्कमाथि नियमन गर्दै २०८०/०८१ का लागि कक्षा ११ मा के कति शुल्क लिने हो ? त्यसका लागि प्रस्ताव आह्वान गरेको छ ।

शिक्षा अधिकारी सीताराम कोइरालाले २०८० मा कक्षा ११ मा भर्ना गरिने विद्यार्थीहरूसँग के के शीर्षकमा के कति शुल्क लिने हो ? त्यस्तो प्रस्ताव पेश गर्न भनिएको बताए ।

काठमाडौँ महानगरपालिका शिक्षा ऐन २०७५ को दफा २७ (९) बमोजिमको विद्यालय व्यवस्थापन समितिको निर्णयसहित शुल्क प्रस्ताव पेश गर्नुपर्नेछ । असार मसान्तभित्र शिक्षा विभागमा प्रस्ताव पेश गर्नुपर्ने शिक्षा अधिकारी कोइरालाले बताए ।

अहिलेसम्म विद्यालयहरूले ‘प्लस टु’ मा आफूखुसी शुल्क लिँदै आएका थिए । प्लस टु मा शुल्क निकै महँगो भएको गुनासो आएपछि नियमन गर्न लागिएको शिक्षा अधिकारी कोइरालाको भनाई छ ।

हरेक विद्यालयले प्रत्येक वर्ष शुल्क विवरण महानगरमा पेश गर्नुपर्ने हुन्छ । तर, कतिपय विद्यालयहरूले शुल्क विवरण पेश नगरेको पाइएपछि महानगरले समयसीमा तोकेर प्रस्ताव माग गरेको हो । उनीहरूले पेश गरेको प्रस्तावको आधारमा शुल्क निर्धारण गरिने उनको भनाई छ ।

यसअघि संस्थागत विद्यालयहरूको हकमा माध्यमिक विद्यालय तहका लागि शुल्क प्रस्ताव पेश गर्न आह्वान गरेको थियो । तर, यो वर्ष शुल्क समायोजन गर्नुपर्ने आधार नदेखिएको भन्दै महानगरले कुनै पनि विद्यालयको शुल्क समायोजन गरेको थिएन । गत वर्ष निधारण गरिएकै शुल्कको आधारमा विद्यालयहरूको शुल्क यथावत् राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ