१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

काठमाडौँ महानगरमा ‘प्लस टु’ मा आफूखुसी शुल्क लिन नपाउने

११ असार २०८०, सोमबार १०:०२

असार ११, काठमाडौँ | काठमाडौँ महानगरपालिकाले ‘प्लस टु’ मा आफूखुसी शुल्क लिने कार्यमा रोक लगाएको छ । महानगरपालिकाले शुल्कमाथि नियमन गर्दै २०८०/०८१ का लागि कक्षा ११ मा के कति शुल्क लिने हो ? त्यसका लागि प्रस्ताव आह्वान गरेको छ ।

शिक्षा अधिकारी सीताराम कोइरालाले २०८० मा कक्षा ११ मा भर्ना गरिने विद्यार्थीहरूसँग के के शीर्षकमा के कति शुल्क लिने हो ? त्यस्तो प्रस्ताव पेश गर्न भनिएको बताए ।

काठमाडौँ महानगरपालिका शिक्षा ऐन २०७५ को दफा २७ (९) बमोजिमको विद्यालय व्यवस्थापन समितिको निर्णयसहित शुल्क प्रस्ताव पेश गर्नुपर्नेछ । असार मसान्तभित्र शिक्षा विभागमा प्रस्ताव पेश गर्नुपर्ने शिक्षा अधिकारी कोइरालाले बताए ।

अहिलेसम्म विद्यालयहरूले ‘प्लस टु’ मा आफूखुसी शुल्क लिँदै आएका थिए । प्लस टु मा शुल्क निकै महँगो भएको गुनासो आएपछि नियमन गर्न लागिएको शिक्षा अधिकारी कोइरालाको भनाई छ ।

हरेक विद्यालयले प्रत्येक वर्ष शुल्क विवरण महानगरमा पेश गर्नुपर्ने हुन्छ । तर, कतिपय विद्यालयहरूले शुल्क विवरण पेश नगरेको पाइएपछि महानगरले समयसीमा तोकेर प्रस्ताव माग गरेको हो । उनीहरूले पेश गरेको प्रस्तावको आधारमा शुल्क निर्धारण गरिने उनको भनाई छ ।

यसअघि संस्थागत विद्यालयहरूको हकमा माध्यमिक विद्यालय तहका लागि शुल्क प्रस्ताव पेश गर्न आह्वान गरेको थियो । तर, यो वर्ष शुल्क समायोजन गर्नुपर्ने आधार नदेखिएको भन्दै महानगरले कुनै पनि विद्यालयको शुल्क समायोजन गरेको थिएन । गत वर्ष निधारण गरिएकै शुल्कको आधारमा विद्यालयहरूको शुल्क यथावत् राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह