2026-07-27 02:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

अन्जन विष्टले पाकिस्तान विरुद्ध खेल गुमाउने

असार ११, काठमाडौँ | नेपाली फुटबल टिमका फरवार्ड अन्जन विष्टले साफ च्याम्पियनसिपमा पाकिस्तान विरुद्धको खेल गुमाउने भएका छन् ।

साफ च्याम्पियनसिपको समूह चरणामा आफ्नो अन्तिम खेल भोलि मंगलबार नेपालले पाकिस्तानसँग खेल्दै छ ।  नेपाल र पाकिस्तान दुवैको सेमिफाइनल पुग्ने संभावना सकिइसकेको छ ।

भारत विरुद्धको दोस्रो खेलमा घाइते हुँदै अन्जनले पहिलो हाफमा मैदान छाडेका थिए ।

पहिलो खेलमा कुवेत विरुद्ध ३-१ को हारमा गोल गरेका अन्जन दोस्रो खेलमा पूरा समय खेल्न नपाउँदा नेपालको टिम सन्तुलन समेत बिग्रिएको थियो ।

अन्जनको घुँडामा चोट लागेको थियो । आइतबार उनको घुँडाको एक्सरे गरिएको थियो ।

अन्जन सोमबार नेपाली टिमको प्रशिक्षणमा पनि उपस्थित थिएनन् । प्रशिक्षणपछि नेपालका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले अन्जन घाइते भएकोले अन्तिम खेल नखेल्ने र उनको स्थानमा अर्को खेलाडीले खेल्ने पुष्टी गरे । अन्जन चोट ठूलो नरहेको र उनी आराममा रहेको टिमले जनाएको छ ।

एक्सरेमा केही नदेखिएपछि उनको एमआरआई गरिएको थियो । एमआरआईको रिपोर्ट आज आउनेछ ।

कुवेत विरुद्ध गोल गर्दै नेपालक लागि १२औं गोल गरेका अन्जन सर्वाधिक गोलको कीर्तिमान बराबरी गर्न नजिक पुगेका थिए । उनले यही साफमा हरि खड्का र निराजन रायमाझीको नाममा रहेको १३ गोलको कीर्तिमान बराबरी गर्ने अपेक्षा थियो ।

तर भारत विरुद्ध उनले पूरा खेल्न सकेनन् भने पाकिस्तान विरुद्ध खेल्ने छैनन् । नेपाल समूह चरणबाटै बाहिसकेको अवस्थामा अन्जनले कीर्तिमान बराबरी गर्न अझै केही खेल कुर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला