४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

३७४ रनको उच्च लक्ष्यमा नेदरल्यान्ड्सको बराबरी, सुपर ओभरमा वेस्टइन्डिज विरुद्ध दुर्लभ जित

१२ असार २०८०, मंगलवार ०६:४८

असार १२, काठमाडौँ | एकदिवसीय विश्वकप छनोटमा नेदरल्यान्ड्सले चार पटकको विश्व च्याम्पियन वेस्टइन्डिज विरुद्ध दुर्लभ जित निकालेको छ। सोमबार सम्पन्न समूह ‘ए’ को अन्तिम खेलमा वेस्टइन्डिजले बनाएको ३७४ रनको विशाल स्कोर बराबरी गरेको नेदरल्यान्ड्सले सुपर ओभरमा सानदार ब्याटिङ गर्दै पहिलो पटक क्यारेबियन टोलीलाई पराजित गरेको हो। वेस्टइन्डिजलाई हराएसँगै नेदरल्यान्ड्सले अङ्क तालिकामा दोस्रो स्थानमा रहेर समूहचरण अन्त गर्‍यो।

हरारेमा टस हारेपछि फिल्डिङको निम्तो पाएको वेष्ट इण्डिजले निकोलस पुरनको शतकको मदतमा ५० ओभरमा ६ विकेट गुमाएर ३७४ रन बनायो । पुरन १०१ रनमा अविजित रहे ।


नेदरल्याण्ड्सले तेजा निदामारुनको शतकको मदतमा ५० ओभरमा ९ विकेट गुमाएर ३७४ रन नै बनायो । उसका लागि अन्तिम २ ओभरमा ३० रन चाहिएको थियो र ३ विकेट हातमा थियो । ४९औं ओभरमा भान बेकले दुई चौका र एक छक्का तथा आयन दत्तले एक चौका हानेपछि कुल २१ रन जोड्यो ।

अब अन्तिम ६ बलमा ९ रन चाहियो । पहिलोमै चौका हानेका भान बेकले अर्को बलमा एक रन लिए । तर तेस्रो बलमा वेष्ट इण्डिजका जोसेपले दत्तको विकेट लिए । बलमा बाइमार्फत एक आयो भने पाँचौं बलमा भान बेकले २ रन जोडेपछि बराबरी भयो । अब जितका लागि नेदरल्याण्ड्सलाई अन्तिम बलमा मात्र १ रन चाहिएको थियो ।

तर जोसेपले विकेट लिए । खेल बराबरी भयो र, सुपर ओभरबाट निर्णय हुने भयो । सुपर ओभरमा पहिले ब्याटिङ गर्न आएको नेदरल्याण्ड्सका भान बेकले बाउन्ड्रीको बार्षा नै गरे ।

होल्डरको पहिलो बर्षमा चौका हानेका उनले त्यसपछि क्रमशः छक्का, चौका, छक्का, छक्का र चौका हाने । र, नेदरल्याण्ड्सले ३० रन जोड्यो ।

उनै भान वेक बलिङमा आए र ८ रन दिएर वेष्ट इण्डिजको २ विकेट लिँदै नेदरल्याण्ड्सलाई सनसनपूर्ण जित दिलाए ।

यो जितसँगै सुपर ओभरका खेल सुरु गर्नुअघि नै नेदरल्याण्ड्ससँग २ अंक भएको छ । यही समूहबाट गएको जिम्बाव्वेको ४ अंक छ भने वेष्टइण्डिज अंकबिहीन छ ।

अर्को समूहबाट श्रीलंका, स्कटल्याण्ड र ओमान आएको छ । समूह चरणको अन्तिम खेलमा एकआपसमा खेल्नुअघि श्रीलंका र स्कटल्याण्डसँग सुपर ओभरमा २–२ अंक भइसकेको छ । ओमान भने अंकबिहीनछ ।

अब सुपर ओभरमा एउटा समूहबाट आएका सबै टिमले अर्को समूहबाट आएका सबै टिमसँग ३/३ खेल खेल्नेछन् र शीर्ष दुई टोली विश्वकपमा पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ