2026-09-21 10:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

३७४ रनको उच्च लक्ष्यमा नेदरल्यान्ड्सको बराबरी, सुपर ओभरमा वेस्टइन्डिज विरुद्ध दुर्लभ जित

असार १२, काठमाडौँ | एकदिवसीय विश्वकप छनोटमा नेदरल्यान्ड्सले चार पटकको विश्व च्याम्पियन वेस्टइन्डिज विरुद्ध दुर्लभ जित निकालेको छ। सोमबार सम्पन्न समूह ‘ए’ को अन्तिम खेलमा वेस्टइन्डिजले बनाएको ३७४ रनको विशाल स्कोर बराबरी गरेको नेदरल्यान्ड्सले सुपर ओभरमा सानदार ब्याटिङ गर्दै पहिलो पटक क्यारेबियन टोलीलाई पराजित गरेको हो। वेस्टइन्डिजलाई हराएसँगै नेदरल्यान्ड्सले अङ्क तालिकामा दोस्रो स्थानमा रहेर समूहचरण अन्त गर्‍यो।

हरारेमा टस हारेपछि फिल्डिङको निम्तो पाएको वेष्ट इण्डिजले निकोलस पुरनको शतकको मदतमा ५० ओभरमा ६ विकेट गुमाएर ३७४ रन बनायो । पुरन १०१ रनमा अविजित रहे ।

नेदरल्याण्ड्सले तेजा निदामारुनको शतकको मदतमा ५० ओभरमा ९ विकेट गुमाएर ३७४ रन नै बनायो । उसका लागि अन्तिम २ ओभरमा ३० रन चाहिएको थियो र ३ विकेट हातमा थियो । ४९औं ओभरमा भान बेकले दुई चौका र एक छक्का तथा आयन दत्तले एक चौका हानेपछि कुल २१ रन जोड्यो ।

अब अन्तिम ६ बलमा ९ रन चाहियो । पहिलोमै चौका हानेका भान बेकले अर्को बलमा एक रन लिए । तर तेस्रो बलमा वेष्ट इण्डिजका जोसेपले दत्तको विकेट लिए । बलमा बाइमार्फत एक आयो भने पाँचौं बलमा भान बेकले २ रन जोडेपछि बराबरी भयो । अब जितका लागि नेदरल्याण्ड्सलाई अन्तिम बलमा मात्र १ रन चाहिएको थियो ।

तर जोसेपले विकेट लिए । खेल बराबरी भयो र, सुपर ओभरबाट निर्णय हुने भयो । सुपर ओभरमा पहिले ब्याटिङ गर्न आएको नेदरल्याण्ड्सका भान बेकले बाउन्ड्रीको बार्षा नै गरे ।

होल्डरको पहिलो बर्षमा चौका हानेका उनले त्यसपछि क्रमशः छक्का, चौका, छक्का, छक्का र चौका हाने । र, नेदरल्याण्ड्सले ३० रन जोड्यो ।

उनै भान वेक बलिङमा आए र ८ रन दिएर वेष्ट इण्डिजको २ विकेट लिँदै नेदरल्याण्ड्सलाई सनसनपूर्ण जित दिलाए ।

यो जितसँगै सुपर ओभरका खेल सुरु गर्नुअघि नै नेदरल्याण्ड्ससँग २ अंक भएको छ । यही समूहबाट गएको जिम्बाव्वेको ४ अंक छ भने वेष्टइण्डिज अंकबिहीन छ ।

अर्को समूहबाट श्रीलंका, स्कटल्याण्ड र ओमान आएको छ । समूह चरणको अन्तिम खेलमा एकआपसमा खेल्नुअघि श्रीलंका र स्कटल्याण्डसँग सुपर ओभरमा २–२ अंक भइसकेको छ । ओमान भने अंकबिहीनछ ।

अब सुपर ओभरमा एउटा समूहबाट आएका सबै टिमले अर्को समूहबाट आएका सबै टिमसँग ३/३ खेल खेल्नेछन् र शीर्ष दुई टोली विश्वकपमा पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो