असार १२, काठमाडौँ | यसै वर्षको अक्टोबर–नोभेम्बरमा भारतमा हुने आईसीसी विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।
विश्वकप अक्टोबर ५ मा सुरु हुनेछ भने फाइनल नोभेम्बर १९ मा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ।
यस विश्वकपमा कुल १० टोलीको सहभागिता रहनेछ । आठ टोली यसअघि नै तय भइसकेका छन् । बाँकी दुई टोली को–को हुनेछन् भनेर छनोट खेल हुँदैछ । छनोट चरणको खेल जुलाई ९ मा सम्पन्न हुनेछ, त्यसपछि बाँकी दुई टोलीको टुङ्गो लाग्नेछ। यो विश्वकप राउण्ड रोबिनको आधारमा खेलाइनेछ । सबै टोलीले एकअर्कासँग खेल खेल्नेछन्। त्यसपछि शीर्ष चार टोलीले नकआउट चरण र सेमिफाइनलका लागि छनोट हुनेछन्।
प्रमुख खेलहरू
१३ अक्टोबर – अष्ट्रेलिया र दक्षिण अफ्रिका – लखनऊ
अक्टोबर १५ – भारत र पाकिस्तान – अहमदाबाद
अक्टोबर २० – पाकिस्तान र अष्ट्रेलिया – बैंगलोर
अक्टोबर २१ – इङ्गल्याण्ड र दक्षिण अफ्रिका – मुम्बई
२२ अक्टोबर – भारत र न्यूजील्याण्ड – धर्मशाला
२९ अक्टोबर – भारत र इंग्ल्याण्ड – लखनउ
४ नोभेम्बर – अष्ट्रेलिया र इङ्गल्याण्ड – अहमदाबाद
नोभेम्बर १२ – पाकिस्तान र इंग्ल्याण्ड – कोलकाता
पहिलो सेमिफाइनल – १५ नोभेम्बर – मुम्बई
दोस्रो सेमिफाइनल – 16 नोभेम्बर – कोलकाता
फाइल– नोभेम्बर १९– अहमदाबाद