१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

जलहरी चढाउने नौटङ्की बन्द गरौँ, चढाइएका सबै सुन राज्यकोषमा दाखिला गरौँ : सांसद गौतम

१२ असार २०८०, मंगलवार ०७:५०

असार १२, काठमाडौँ | सत्तारुढ नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले पशुपतिनाथमा चढाइएको सबै सुन राज्यकोषमा दाखिला गर्न सरकारसँग माग गरेकी छिन् । सांसद गौतमले धर्मको नाममा जलहरी चढाउनेजस्ता नौटङ्की बन्द गरी पशुपतिनाथमा चढाइएका सबै सुन राज्यकोषमा दाखिला गर्न सरकारसँग माग गरेकी हुन् । 

मंगलबार प्रतिनिधिसभाको दोस्रो बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले एमाले अध्यक्ष केपी ओलीप्रति सङ्केत गर्दै पशुपतिनाथमा अर्पित जलहरीमा आफ्नो नाम लेखाएको भन्दै निन्दा र भर्त्सना समेत गरिन् । उनले भनिन्, ‘भाङ्ग्रा ओढी बाघको छाला बस्ने भोले बाबाले मलाई सुनको जलहरी चढाऊ भनेका थिए कि । नत भोलेनाथलाई सुनको जलहरी चढाउँदा शिवलिंगको मौलिक स्वरुप नै दर्शन गर्न पाइने हुन्छ कि । आराध्यदेव पशुपतिनाथलाई जथाभाबी विवादमा ल्याएर सारा हिन्दुहरूको भावनामा चोट पुग्ने काम भएको छ सभामुख महोदय । गर्भ गृहमा रहेको शिवलिंगलाई छुन त हुँदैन भन्ने मान्यता हाम्रो परम्परा छ । धर्मको नाममा नौटङ्की बन्द गराई चढाइएको सबै सुन राज्य कोषमा दाखिला हुने गरी पशुपतिनाथको मौलिक स्वरूप देखिने गरी पुरानै अवस्थामा राखियोस् भनी म आग्रह गर्न चाहन्छु सभामुख महोदय । पशुपतिमा अर्पित जलहरीमा ढिलै भएपनि अख्तियारले परीक्षण गर्नु राम्रो कुरा हो सभामुख महोदय ।’

उनले थपिन्, ‘तर उक्त जलहरीको परीक्षण गर्दा १३ जनाको नाम पार्वतीका अङ्गका रूपमा पुजिने जलहरीको सुवर्ण पेटिकामा कुँदेर लेख्ने मोह अति निन्दनीय मात्रै होइन, भत्सर्नायोग्य पनि छ सभामुख महोदय । म भगवान्को गर्भगृहमा आफ्नो नाम लेखाउने मोह जाग्नु, यस्तो बुद्धि कहाँबाट प्रकट हुन्छ सभामुख महोदय । हामीले भगवान्को अंगको रूपमा पुज्ने पेटिकामा दैनिक तन्त्र र वैदिक विधिपूर्वक अडचन हुन्छ सभामुख महोदय । पशुपतिनाथकै मन्दिरमा बरु दान पेटिका हराएको, घ्याम्पो हराएको जस्ता कुराहरूको सत्यतथ्य जानकारी पनि यस सदनलाई दिनु पर्छ भन्ने मेरो आग्रह गर्न चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह