१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

जनस्वास्थ्य निरीक्षक मिश्रविरुद्ध एक करोड ३० लाखभन्दा बढी बिगोसहितको भ्रष्टाचार मुद्दा

१२ असार २०८०, मंगलवार ०८:१२

असार १२, काठमाडौँ | जनस्वास्थ्य निरीक्षक कौशलेन्द्र मिश्रको विभिन्न सम्पत्तिको स्रोत नखुलेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सर्लाहीको बलरा नगरपालिकाको तत्कालीन जनस्वास्थ्य निरीक्षक मिश्रविरुद्ध एक करोड ३० लाख ४५ हजार ७६० रुपैयाँ २९ पैसा बिगो कायम गरी मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता भोला दाहालले जनाएका छन् ।

निज मिश्रले सार्वजनिक पदमा बहाल रहँदा स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको भन्ने विषयमा परेको उजुरीमाथि छानबिन गर्दा एक करोड ३० लाख ४५ हजार ७६० रुपैयाँ २९ पैसा बराबरको सम्पत्तिको स्रोत खुल्न नसकेको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता दाहालका अनुसार मिश्र २०५७ असार ८ गतेदेखि सार्वजनिक सेवामा प्रवेश गरेका थिए । सो अवधिदेखि २०७८ कार्तिक २६ सम्मको अवधिमा उनको पारिश्रमिक, बचत, अन्य भत्ता, विभिन्न बैंक तथा वित्तीय संस्था तथा व्यक्तिबाट लिएको कर्जा, उनको नाममा रहेको घरजग्गा बिक्रीबापत प्राप्त रकम, अंशबण्डाबाट प्राप्त रकम, दैनिक भ्रमण भत्ता, विभिन्न बैठक भत्ता, स्थानीय भत्ता, व्यवसायको आय, छोरीको पारिश्रमिक, कृषि आय, घरबहाल आय, बीमा परिपक्व भई प्राप्त रकमसमेत गरी एक करोड १३ लाख ४५ हजार ८०५ रुपैयाँ ४३ पैसा बराबरको आम्दानीको स्रोत खुलेको पाइएको आयोगले जनाएको छ ।

जबकि सो अवधिभित्र जग्गा खरिद, रजिस्ट्रेसन दस्तुर, घर निर्माण खर्च, शैक्षिक खर्च, कर्जाको साँवा तथा व्याज भुक्तानी, सवारी साधन खरिद, सेयर खरिद, उद्योग व्यवसायमा लगानी गरी जम्मा दुई करोड ४३ लाख ९१ हजार ५६५ रुपैयाँ ७२ पैसा खर्च देखिन्छ । स्रोत खुलेको आम्दानीको तुलनामा खर्चमा देखिएको बढी रकमलाई आयोगले स्रोत नखुलेको सम्पत्तिका रूपमा बिगो कायम गरी मिश्रविरुद्ध मुद्दा दायर गरेको हो ।

आयोगले मिश्रले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति एकासगोलकी पत्नीहरू सरोज कुमारी र तुलसी कुमारी मिश्रको नाममा समेत राखेको पाइएको भन्दै आयोगले उनीहरुको नाममा रहेको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि उनीहरूलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह