Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

जनस्वास्थ्य निरीक्षक मिश्रविरुद्ध एक करोड ३० लाखभन्दा बढी बिगोसहितको भ्रष्टाचार मुद्दा

२०८०, १२ असार मंगलवार ०८:१२

असार १२, काठमाडौँ | जनस्वास्थ्य निरीक्षक कौशलेन्द्र मिश्रको विभिन्न सम्पत्तिको स्रोत नखुलेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सर्लाहीको बलरा नगरपालिकाको तत्कालीन जनस्वास्थ्य निरीक्षक मिश्रविरुद्ध एक करोड ३० लाख ४५ हजार ७६० रुपैयाँ २९ पैसा बिगो कायम गरी मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता भोला दाहालले जनाएका छन् ।

निज मिश्रले सार्वजनिक पदमा बहाल रहँदा स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको भन्ने विषयमा परेको उजुरीमाथि छानबिन गर्दा एक करोड ३० लाख ४५ हजार ७६० रुपैयाँ २९ पैसा बराबरको सम्पत्तिको स्रोत खुल्न नसकेको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता दाहालका अनुसार मिश्र २०५७ असार ८ गतेदेखि सार्वजनिक सेवामा प्रवेश गरेका थिए । सो अवधिदेखि २०७८ कार्तिक २६ सम्मको अवधिमा उनको पारिश्रमिक, बचत, अन्य भत्ता, विभिन्न बैंक तथा वित्तीय संस्था तथा व्यक्तिबाट लिएको कर्जा, उनको नाममा रहेको घरजग्गा बिक्रीबापत प्राप्त रकम, अंशबण्डाबाट प्राप्त रकम, दैनिक भ्रमण भत्ता, विभिन्न बैठक भत्ता, स्थानीय भत्ता, व्यवसायको आय, छोरीको पारिश्रमिक, कृषि आय, घरबहाल आय, बीमा परिपक्व भई प्राप्त रकमसमेत गरी एक करोड १३ लाख ४५ हजार ८०५ रुपैयाँ ४३ पैसा बराबरको आम्दानीको स्रोत खुलेको पाइएको आयोगले जनाएको छ ।

जबकि सो अवधिभित्र जग्गा खरिद, रजिस्ट्रेसन दस्तुर, घर निर्माण खर्च, शैक्षिक खर्च, कर्जाको साँवा तथा व्याज भुक्तानी, सवारी साधन खरिद, सेयर खरिद, उद्योग व्यवसायमा लगानी गरी जम्मा दुई करोड ४३ लाख ९१ हजार ५६५ रुपैयाँ ७२ पैसा खर्च देखिन्छ । स्रोत खुलेको आम्दानीको तुलनामा खर्चमा देखिएको बढी रकमलाई आयोगले स्रोत नखुलेको सम्पत्तिका रूपमा बिगो कायम गरी मिश्रविरुद्ध मुद्दा दायर गरेको हो ।

आयोगले मिश्रले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति एकासगोलकी पत्नीहरू सरोज कुमारी र तुलसी कुमारी मिश्रको नाममा समेत राखेको पाइएको भन्दै आयोगले उनीहरुको नाममा रहेको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि उनीहरूलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ