४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

आशिषको डेब्यू गोलमा नेपालको सान्त्वना जित

१२ असार २०८०, मंगलवार १२:११

असार १२, काठमाडौँ | आशिष चौधरीले डेब्यू गोल गरेपछि नेपालले साफ च्याम्पियनसिप २०२३ मा पाकिस्तानलाई मंगलबार १-० ले पराजित गरेको छ ।

सुरुवाती दुई खेल हार्दै समूह चरणबाट बाहिरिसकेको नेपालले पाकिस्तान विरुद्ध जितसहित प्रतियोगिता सकाएको छ ।

बैंगलुरुस्थित श्री कान्तिराव स्टेडियममा भएको खेलमा नेपाललाई सान्त्वना जित दिलाउन आशिषले ८०औं मिनेटमा गोल गरे ।

४६औं मिनेटमा आभास लामिछानेको स्थानमा मैदान प्रवेश गरेका आशिषले लकेन लिम्बुको पासमा नेपालका लागि आफ्नो पहिलो गोल गरेका हुन् ।

नेपाल पहिलो खेलमा कुवेतसँग ३-१ र दोस्रो खेलमा घरेलु टोली भारतसँग २-० ले पराजित भएको थियो । पाकिस्तान भने समूह चरणका तीनवटै खेल हार्दै घर फर्कने भएको छ ।

१५ वर्षपछि साफमा पाकिस्तान विरुद्ध जित

नेपालले साफ च्याम्पियनसिपमा १५ वर्षपछि पहिलो पटक पाकिस्तानलाई पराजित गरेको हो । त्यसका लागि नेपालले निकै संघर्ष गर्नुपर्‍यो ।

पछिल्लो पटक नेपालले सन् २००८ मा माल्दिभ्समा पाकिस्तानलाई साफमा हराएको थियो । त्यसयता भने नपालले साफमा पाकिस्तानलाई हराउन सकेको थिएन ।

सन् २०१८ मा बंगलादेशको ढाकामा भएको पछिल्लो साफमा नेपाल पाकिस्तानसँग २-१ ले पराजित भएको थियो ।

यस पटक दुई खेल हार्दै समूह चरणबाट बाहिरिसकेको अवस्थामा नेपाल र पाकिस्तान दुवै सान्त्वना जितको खोजीमा थियो । तर त्यसमा नेपालले बाजी मार्‍यो ।

नेपालले सुरुवातदेखि नै खेलमा गोल गर्ने राम्रो अवसर सिर्जना गरे पनि फिनिसिङ चुस्त हुन नसक्दा ८० मिनेटसम्म पर्खनुपर्‍यो । त्यसअघि आधा दर्जन अवसर गुमाएको नेपालले खेलको अन्तिमतिर पनि केही मौका चुकाएको थियो ।

खेलको १३औं मिनेटमा विमल घर्ती मगरले एजबाट गरेको प्रहार बारमाथिबाट बाहिरियो । ४२औं मिनेटमा नेपाले गोल गर्ने राम्रो मौका गुमायो ।

मनिष डाँगीको क्रसमा विमलले बक्स भित्रबाट हानेको प्रहार युसुफ इजाज बटले बचाए । दोस्रो हाफमा पनि नेपालले गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेन ।

५१औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्ने राम्रो अवसर गुमाए । देवेन्द्र तामाङको फ्रिकिकमा अननन्तले मिलाएको बलमा नवयुगले बक्स भित्रबाट प्रहार गरेर हेडर क्रसबार माथिबाट बाहिरियो ।

६०औं मिनेटमा एरिक विष्टको पासमा मनिषको प्रहार पाकिस्ताद्दी गोलकिपर युसुफ बटले बताए ।

७०औं मिनेटमा देवेन्द्र तामाङको फ्रिकिक क्रस बारमा लागेर फर्कँदा नेपालले गोल गर्ने अवसर गुमायो ।

तर ८०औं मिनेटमा आशिषले गोल गरेपछि नेपललाई राहत मिल्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ