४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

प्लेअफ चरणमा नेपालको प्रतिद्वन्द्वी यूएई

१३ असार २०८०, बुधबार ०५:३१

असार १३, काठमाडौँ | आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको प्लेअफ चरणमा नेपालले पहिलो प्रतिद्वन्द्वीको रुपमा संयुक्त अबर इमिरेट्स (यूएई) लाई पाएको छ । नेपालका लागि यूएई चिरपरिचित प्रतिद्वन्द्वी हो ।

अमेरिकाले भने आयरल्यान्डलाई प्रतिद्वन्द्वीको रुपमा पाएको छ । समूह ‘बी’ को मंगलबार खेलिएको खेलपछि सुपर सिक्स र प्लेअफ चरणमा खेल्ने सबै प्रतिद्वन्द्वीको टुंगो लागेको हो । मंगलबारको खेलसँगै समूहगत चरणको सबै खेल पनि सकिएको छ ।

प्रारम्भिक चरणमा समूह ‘बी’ को दुई खेल बाँकी थियो । मंगलबार भएको खेलमा श्रीलंकाले स्कटल्यान्डलाई ८२ रनले हरायो । अर्को खेलमा आयरल्यान्डले यूएईलाई एक सय ३८ रनले पराजित ग¥यो । त्यसपछि सुपर सिक्स चरण र प्लेअफ चरणमा खेल्ने टोलीहरुको टुंगो लागेको हो ।

समूह ‘ए’ बाट जिम्बाबे पहिलो, नेदरल्यान्ड्स दोस्रो र वेस्ट इन्डिज तेस्रो हुँदै सुपर सिक्स चरणमा पुग्न सफल भए । उक्त समूहबाट नेपाल चौथो र अमेरिका पाँचौं हुँदै प्लेअफ चरणमा पुगे । समूह ‘बी’ बाट श्रीलंका पहिलो, स्कटल्यान्ड दोस्रो र ओमान तेस्रो हुँदै सुपर सिक्स चरणमा प्रवेश गरे । उक्त समूहबाट आयरल्यान्ड चौथो र यूएई पाँचौं हुँदै प्लेअफ चरणमा पुगे ।

आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको प्लेअफ चरणमा नेपालसहित चार राष्ट्रले अब वरीयताका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । प्लेअफ चरणको खेलपछि यी चार टोलीले नतिजाका आधारमा सातौंदेखि १०औं वरीयता प्राप्त गर्नेछन् ।

प्लेअफ चरणमा नेपाल, अमेरिका, यूएई र आयरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । समूहगत चरणमा नेपालले एउटा खेल जित्यो भने अमेरिका चारवटै खेलमा पराजित भयो । प्रतियोगिताको प्लेअफ चरणमा जुन ३० तारिखमा अमेरिकाले आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले भने आगामी जुलाई २ तारिखमा यूएईसँग खेल्नेछ ।

त्यसपछि जुन ३० को खेलमा विजयी हुने टोली र जुलाई २ को खेलमा विजयी हुने टोलीबीच सातौं र आठौं वरीयताका लागि खेल हुनेछ । उक्त खेल जुलाई ४ तारिखमा खेलिने छ । उक्त खेलमा विजयी हुने टोलीले सातौं र पराजित हुने टोलीले आठौं वरीयता प्राप्त गर्नेछन् ।

यसैगरी जुन ३० को खेलमा पराजित हुने टोली र जुलाई २ को खेलमा पराजित हुने टोलीबीच नवौं र १०औं वरीयताका लागि खेल हुनेछ । उक्त खेल जुलाई ६ तारिखमा खेलिने छ । उक्त खेलमा विजयी हुने टोलीले नवौं र पराजित हुने टोलीले १०औं वरीयता प्राप्त गर्नेछन् ।

यसैगरी दुबै समूहमा पहिलोदेखि तेस्रो हुने टोली प्रतियोगिताको सुपर सिक्स चरणमा पुग्नेछन् । अर्थात सुपर सिक्स चरणमा ६ टोलीको उपस्थिति रहने छ । सुपर सिक्स चरणमा समूह ‘ए’ बाट आएका तीनवटै टोलीले समूह ‘बी’ बाट आएका तीनवटै टोलीसँग एक÷एक खेल खेल्नेछन् ।

सुपर सिक्स चरणको खेलपछि तालिकाको पहिलोदेखि छैटौं स्थानसम्म आउने टोलीहरुले सोही अनुरुपको वरीयता प्राप्त गर्नेछन् । यसको अर्थ सुपर सिक्स चरणको समाप्तिपछि तालिकाको पहिलो स्थानमा रहने टोलीले पहिलो छैटौं स्थानमा रहने टोलीले छैटौं वरीयता पाउने छन् ।

तलिकाको पहिलो र दोस्रो स्थानमा रहने टोली भने आईसीसी एकदिवसीय विश्वकपका लागि छनोट हुनेछन् । एकदिवसीय विश्वकप यसै वर्ष भारतमा आयोजना हुँदैछ । सुपर सिक्स चरणको समाप्तिपछि पहिलो र दोस्रो स्थानमा रहने टोलीबीच उपाधिका लागि छुट्टै भिडन्त पनि हुनेछ । फाइनल खेल जुलाई ९ तारिखमा खेलिने छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ