2026-07-27 02:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

प्लेअफ चरणमा नेपालको प्रतिद्वन्द्वी यूएई

असार १३, काठमाडौँ | आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको प्लेअफ चरणमा नेपालले पहिलो प्रतिद्वन्द्वीको रुपमा संयुक्त अबर इमिरेट्स (यूएई) लाई पाएको छ । नेपालका लागि यूएई चिरपरिचित प्रतिद्वन्द्वी हो ।

अमेरिकाले भने आयरल्यान्डलाई प्रतिद्वन्द्वीको रुपमा पाएको छ । समूह ‘बी’ को मंगलबार खेलिएको खेलपछि सुपर सिक्स र प्लेअफ चरणमा खेल्ने सबै प्रतिद्वन्द्वीको टुंगो लागेको हो । मंगलबारको खेलसँगै समूहगत चरणको सबै खेल पनि सकिएको छ ।

प्रारम्भिक चरणमा समूह ‘बी’ को दुई खेल बाँकी थियो । मंगलबार भएको खेलमा श्रीलंकाले स्कटल्यान्डलाई ८२ रनले हरायो । अर्को खेलमा आयरल्यान्डले यूएईलाई एक सय ३८ रनले पराजित ग¥यो । त्यसपछि सुपर सिक्स चरण र प्लेअफ चरणमा खेल्ने टोलीहरुको टुंगो लागेको हो ।

समूह ‘ए’ बाट जिम्बाबे पहिलो, नेदरल्यान्ड्स दोस्रो र वेस्ट इन्डिज तेस्रो हुँदै सुपर सिक्स चरणमा पुग्न सफल भए । उक्त समूहबाट नेपाल चौथो र अमेरिका पाँचौं हुँदै प्लेअफ चरणमा पुगे । समूह ‘बी’ बाट श्रीलंका पहिलो, स्कटल्यान्ड दोस्रो र ओमान तेस्रो हुँदै सुपर सिक्स चरणमा प्रवेश गरे । उक्त समूहबाट आयरल्यान्ड चौथो र यूएई पाँचौं हुँदै प्लेअफ चरणमा पुगे ।

आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको प्लेअफ चरणमा नेपालसहित चार राष्ट्रले अब वरीयताका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । प्लेअफ चरणको खेलपछि यी चार टोलीले नतिजाका आधारमा सातौंदेखि १०औं वरीयता प्राप्त गर्नेछन् ।

प्लेअफ चरणमा नेपाल, अमेरिका, यूएई र आयरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । समूहगत चरणमा नेपालले एउटा खेल जित्यो भने अमेरिका चारवटै खेलमा पराजित भयो । प्रतियोगिताको प्लेअफ चरणमा जुन ३० तारिखमा अमेरिकाले आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले भने आगामी जुलाई २ तारिखमा यूएईसँग खेल्नेछ ।

त्यसपछि जुन ३० को खेलमा विजयी हुने टोली र जुलाई २ को खेलमा विजयी हुने टोलीबीच सातौं र आठौं वरीयताका लागि खेल हुनेछ । उक्त खेल जुलाई ४ तारिखमा खेलिने छ । उक्त खेलमा विजयी हुने टोलीले सातौं र पराजित हुने टोलीले आठौं वरीयता प्राप्त गर्नेछन् ।

यसैगरी जुन ३० को खेलमा पराजित हुने टोली र जुलाई २ को खेलमा पराजित हुने टोलीबीच नवौं र १०औं वरीयताका लागि खेल हुनेछ । उक्त खेल जुलाई ६ तारिखमा खेलिने छ । उक्त खेलमा विजयी हुने टोलीले नवौं र पराजित हुने टोलीले १०औं वरीयता प्राप्त गर्नेछन् ।

यसैगरी दुबै समूहमा पहिलोदेखि तेस्रो हुने टोली प्रतियोगिताको सुपर सिक्स चरणमा पुग्नेछन् । अर्थात सुपर सिक्स चरणमा ६ टोलीको उपस्थिति रहने छ । सुपर सिक्स चरणमा समूह ‘ए’ बाट आएका तीनवटै टोलीले समूह ‘बी’ बाट आएका तीनवटै टोलीसँग एक÷एक खेल खेल्नेछन् ।

सुपर सिक्स चरणको खेलपछि तालिकाको पहिलोदेखि छैटौं स्थानसम्म आउने टोलीहरुले सोही अनुरुपको वरीयता प्राप्त गर्नेछन् । यसको अर्थ सुपर सिक्स चरणको समाप्तिपछि तालिकाको पहिलो स्थानमा रहने टोलीले पहिलो छैटौं स्थानमा रहने टोलीले छैटौं वरीयता पाउने छन् ।

तलिकाको पहिलो र दोस्रो स्थानमा रहने टोली भने आईसीसी एकदिवसीय विश्वकपका लागि छनोट हुनेछन् । एकदिवसीय विश्वकप यसै वर्ष भारतमा आयोजना हुँदैछ । सुपर सिक्स चरणको समाप्तिपछि पहिलो र दोस्रो स्थानमा रहने टोलीबीच उपाधिका लागि छुट्टै भिडन्त पनि हुनेछ । फाइनल खेल जुलाई ९ तारिखमा खेलिने छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला