Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

आर्थिक सूचकहरू सकारात्मक दिशातिर अघि बढ्दै छन् : प्रधानमन्त्री प्रचण्ड

२०८०, १३ असार बुधबार ०७:१७

असार १३, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय आर्थिक सूचकहरू सकारात्मक दिशातिर अघि बढ्दै गएको बताएका छन् । संसदमा जवाफ दिँदै प्रचण्डले आफूले सरकारको नेतृत्व गरेपछि अर्थतन्त्र जागेको दाबी गरे । 

आर्थिक सूचक सकारात्मक हुनु सरकारको उपलब्धि भन्दा पनि राष्ट्रकै उपलब्धिको भएको प्रचण्डले बताए । ‘अहिले सबै जसो आर्थिक सूचकहरू सकारात्मक दिशातिर अगाडि बढ्दै छन् । पछिल्लो ६ महिना कुल विदेशी विनिमय सञ्चिति २० दशमलव ९ प्रतिशतले वृद्धि भएको छ ।  अब वस्तु तथा सेवा धान्न सक्ने अवस्थामा पुगेका छौं’ प्रचण्डले भने, ‘कुल व्यापार घाटामा १५ दशमलव २ प्रतिशतले कमी आएको छ । विप्रेषण उल्लेख्य मात्रामा वृद्धि भएको छ । गत वर्षको यसै अवधिमा पर्यटक सङ्ख्या दोब्बर बढेको छ । बैङ्कको ब्याजदर क्रमशः घट्दै गएको छ ।’ वित्तीय क्षेत्रको लगानीको वातावरणको सम्बन्धमा सकारात्मक सुधार आएको प्रचण्डले दाबी गरे । 

राजस्व चुहावट नियन्त्रण भएपछि राजश्व सङ्कलनमा क्रमशः सुधार आउँदै गएको बताए । विद्युत् प्राधिकरण र नेपाल आयल निगम, नेपाल वायु सेवा निगम नाफामा गएको प्रचण्डले उल्लेख गरे । ‘संसारभर कूटनीतिक तथा आर्थिक नियोगहरूलाई वैदेशिक लगानीका लागि परिचालन गरिएको छ । ठुला लगानी कर्तासँग प्रधानमन्त्री तहमा अग्रसरता लिएको छु त्यसबाट सकारात्मक सङ्केत देखिएको छ’ प्रचण्डले भने, ‘उद्योगको क्षेत्रमा २७४ परियोजना मार्फत ३५ अर्ब लगानी र १५ हजार रोजगारी सुनिश्चित भएको छ । विभिन्न ६ जलविद्युत आयोजनाका लागि १ खर्ब ६७ अर्ब  लगानी सुनिश्चित भएको छ ।’ अर्थतन्त्रको सुधारले आमजनतामा आशा जगाएको प्रचण्डले बताए ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय योजना आयोगलाई पुनर्संरचना गर्ने सरकारको तयारी रहेको पनि बताए । आयोगलाई सरकारको विशिष्टीकृत संस्थाको रूपमा विकास र यसको भूमिका थप सशक्त र प्रभावकारी बनाउन आवश्यक सुधार एवम् पुनर्संरचना गरिने उनले बताए । 

‘राष्ट्रिय योजना आयोगलाई सरकारको विशिष्टीकृत संस्थाको रूपमा विकास गर्दे यसको भूमिकामा थप प्रभावकारी बनाउन पुनर्संरचना गर्ने तयारी रहेको म जानकारी गराउन चाहन्छु’ प्रधानमन्त्री प्रचण्डले संसद्मा भने । 

उसो त सरकारले आर्थिक वर्ष २०८०-८१ को बजेटमार्फत नीति तथा कार्यक्रममा समेत राष्ट्रिय योजना आयोगलाई पुनर्संरचना गरिने उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ