४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

यू-१६ इस्ट जोन कप क्रिकेट : नेपालले दियो मलेसियालाई १८४ रनको लक्ष्य

१५ असार २०८०, शुक्रबार ०५:१७

असार १५, काठमाडौँ | एसीसी पुरुष यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा शुक्रबार नेपालले मलेसियालाई एक सय ८४ रनको लक्ष्य दिएको छ । प्रतियोगिता मलेसियामा आयोजना भइरहेको छ ।
टस जिती पहिलो ब्याटिङको निर्णय लिएको नेपालले ३३.४ ओभरमै अलआउट हुनुअघि एक सय ८३ रनमात्र बनाउन सक्यो । माथिल्लो क्रममा ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न नसक्दा नेपालले विपक्षीसामु ठुलो लक्ष्य प्रस्तुत गर्न सकेन ।

नेपालका लागि नवौँ नम्बरका ब्याट्सम्यान अशोक धामीले अर्धसतकीय पाली खेले । टोलीको अवस्था दयनीय रहेको बेला उनले ५२ रन बनाए । आक्रामक रूपमा प्रस्तुत भएका अशोकले केवल ३६ बलको सामना गरी पाँच छक्का र तीन चौका हिर्काएका थिए ।
ओपनर ब्याट्सम्यान सूर्यान्सु कोइराला २९ रनमा पेभेलियन फर्किए । उनले २६ बलको सामना गरी पाँच चौका हिर्काएका थिए । टोलीको कूल स्कोर ५० रन पुग्नुअगावै नेपालले आफ्नो तीन प्रभावशाली विकेट गुमाइसकेको थियो ।

अर्का ओपनर नीरजकुमार यादव आठ रनमा आउट भए भने तेस्रो नम्बरमा क्रिज समाल्न आएका दीपु कुमार पनि १५ रनभन्दा अगाडि बढ्न सकेनन् । विकेटकिपर ब्याट्सम्यान आशिष लुहारले खातासम्म खोल्न सकेनन् ।
प्रतीक भट्टराई चार रनमै आउट भए भने नरेन भट्टले २९ रन बनाए । सन्तोष यादव शून्य रनमै आउट भए भने कप्तान अभिषेख तिवारी चार रनभन्दा अगाडि बढ्न सकेनन् । कीर्तिक कामतले टोलीको खातामा १६ रन थपेका थिए । प्रतीक पोखरेलले अविजित दुई रन बनाए ।
आठौँ विकेटका लागि आशोक धामी र नरेनबीच ३४ बलमा ४५ रनको साझेदारी भएको थियो । नेपालका लागि यो नै सर्वाधिक रनको साझेदारी थियो । त्यसपछि नवौँ विकेटका लागि अकोश र कीर्तिक कामतबीच ३९ रनको साझेदारी भएको थियो । 
भ्रमणकारी टोली नेपालले अतिरिक्त रूपमा २४ रन पाएको थियो । मलेसियाका बलर हाजिक हैक्वल, मुहम्मद अक्रम, अरिन अकिल र मुहम्मद मुकरीले दुई—दुई विकेट लिए । मोहम्मद फातुल फात्रीले पनि एक विकेट हात पारे । 
नेपाल र मलेसिया यसअघि नै प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेका छन् । समूहगत चरणको यो अन्तिम खेलले समूह विजेताका रूपमा सेमिफाइनलमा पुग्ने टोलीको टुङ्गो लगाउने छ । यो खेलमा विजयी टोली समूह विजेताका रूपमा सेमिफाइनलमा पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ