४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

यू- १६ इस्ट जोन कप क्रिकेट : मलेसियालाई ८४ रनको फराकिलो अन्तरले हराउँदै नेपाल समूह विजेता

१५ असार २०८०, शुक्रबार ०६:५०

असार १५, काठमाडौँ | एसीसी पुरुष यू—१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा शुक्रबार नेपालले मलेसियालाई ८४ रनको फराकिलो अन्तरले हराएको छ । जितसँगै नेपाली टोली समूह ‘ए’ को विजेता बन्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । समूहगत चरणको अन्तिम खेलमा नेपालसँग पराजित भएको घरेलु टोली मलेसिया भने उपविजेताका रुपमा सेमिफाइनलमा पुग्यो । नेपालले समूहगत चरणको दुबै खेलमा जित हासिल गर्‍यो । समूहगत चरणको दुबै खेलमा पराजित भएको थाइल्यान्ड भने यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ ।


शुक्रबारको खेलमा टस जिती पहिलो ब्याटिङ रोजेको नेपालले ३३।४ ओभरमा अलआउट हुनुअघि एक सय ८३ बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको मलेसियाले भने ३०।५ ओभरमै अलआउट हुनुअघि ९९ रनमात्र बनाउन सक्यो । प्रतियोगिता मलेसियामा आयोजना भइरहेको छ । नेपालको जितमा बलरहरुले उत्कृष्ट प्रदर्शन गरेका थिए । पहिलो ब्याटिङ राजेको नेपालका माथिल्लो क्रममा ब्याट्सम्यानहरु लामो समय क्रिजमा टिक्न नसक्दा विपक्षीसामु ठूलो लक्ष्य प्रस्तुत गर्न सकेन ।

नेपालका लागि नवौं नम्बरका ब्याट्सम्यान अशोक धामीले अर्धसतकीय पाली खेले । टोलीको अवस्था दयनीय रहेको बेला उनले ५२ रन बनाए । आक्रामक रुपमा प्रस्तुत भएका अशोकले केवल ३६ बलको सामना गरी पाँच छक्का र तीन चौका हिर्काएका थिए । ओपनर ब्याट्सम्यान सूर्यान्सु कोइराला २९ रनमा पेभेलियन फर्किए । उनले २६ बलको सामना गरी पाँच चौका हिर्काएका थिए । टोलीको कूल स्कोर ५० रन पुग्नुअगावै नेपालले आफ्नो तीन प्रभावशाली विकेट गुमाइसकेको थियो ।

अर्का ओपनर निरजकुमार यादब आठ रनमा आउट भए भने तेस्रो नम्बरमा क्रिज समाल्न आएका दीपु कुमार पनि १५ रनभन्दा अगाडि बढ्न सकेनन् । विकेटकिपर ब्याट्सम्यान आशिष लुहारले खातासम्म खोल्न सकेनन् । प्रतिक भट्टराई चार रनमै आउट भए भने नरेन भट्टले २९ रन बनाए । सन्तोष यादब शून्य रनमै आउट भए भने कप्तान अभिषेख तिवारी चार रनभन्दा अगाडि बढ्न सकेनन् । कीर्तिक कामतले टोलीको खातामा १६ रन थपेका थिए । 

प्रतिक पोखरेलले अविजित दुई रन बनाए । आठौं विकेटका लागि आशोक धामी र नरेनबीच ३४ बलमा ४५ रनको साझेदारी भएको थियो । नेपालका लागि यो नै सर्वाधिक रनको साझेदारी थियो । त्यसपछि नवौं विकेटका लागि अकोश र कीर्तिक कामतबीच ३९ रनको साझेदारी भएको थियो ।  भ्रमणकारी टोली नेपालले अतिरिक्त रुपमा २४ रन पाएको थियो । मलेसियाका बलर हाजिक हैक्वल, मुहम्मद अक्रम, अरिन अकिल र मुहम्मद मुकरीले दुई—दुई विकेट लिए । मोहम्मद फातुल फात्रीले पनि एक विकेट हात पारे । 

जवाफी ब्याटिङमा ओर्लिएको मलेसियालाई लक्ष्यसम्म पुग्न नदिन नेपाली बलर अशोक धामी एक्लैले चार विकेट लिए । उनी म्यान अफ दी म्याच पनि घोषित भए । अर्का बलर अभिषेख तिवारीले तीन विकेट हात पारे । सन्तोष यादबले दुई विकेट लिए । कीर्तिक कामतले पनि एक विकेट लिए ।  मलेसियाका लागि विकेटकिपर ब्याट्सम्यान मोहम्मद हाइरिलले सर्वाधिक २५ रन बनाए । कप्तान मुहम्मद आसिफले १५ रन जोडे । मुहम्मद अक्रमले पनि १२ रन बनाए । मलेसियाले अतिरिक्त रुपमा २० रन पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ