४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

श्रीलंकाद्वारा नेदरल्यान्ड्सलाई २१४ रनको सामान्य लक्ष्य

१५ असार २०८०, शुक्रबार ११:१६

असार १५, काठमाडौँ | आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटअन्तर्गत सुपरसिक्सको खेलमा श्रीलंकाले नेदरल्यान्ड्सलाई २१४ रनको सामान्य लक्ष्य दिएको छ।

कुनै समय ४ विकेट गुमाउँदा ३४ रन मात्र बनाएको श्रीलंकालाई धनन्जय डि सिल्भाले अर्धशतक प्रहार गरेपछि राहत मिल्यो।


सिल्भाको अर्धशतकप्रेरित श्रीलंका टस जितेर ब्याटिङ गर्दै ४७.४ ओभरमा ११३ रनमा अलआउट भयो। सिल्भाले ९३ रन जोड्ने क्रममा १११ बलमा ८ चौका र २ छक्का हिर्काए। विनन्दू हषरंगाले २० रन र महीश तिक्षणाले २८ रन जोडेपछि श्रीलंकाले २ सय रन कटायो। 

त्यसअघि ओपनर पाथुन निशंका गोल्डन डक भएका थिए। अर्का ओपनर दिमुख करूणारत्ने ३३ रनमा आउट हुँदा कुशल मेन्डिसले १० र सदीरा समविक्रमा १ रनमै आउट भए। 

चरिथ असलंका २ रन र कप्तान डसुन शनकाले ५ रन मात्र जोड्न सके। 

बलिङमा नेदरल्यान्ड्सका भाव वीक र बास डि लीडले ३-३ विकेट लिए। भान वीकले ९ ओभरमा २ मेडन राख्दा २६ रन खर्चिए। यस्तै डि लीडले ९.४ ओभरमा ४२ रन खर्चिए। शकिब जुल्फिकर २ विकेट लिए। उनले १० ओभरमा ४८ रन खर्चिए। रायन क्लइन र आर्यन दत्त १-१ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ