2026-07-27 02:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपालले यूएईविरुद्व पहिले बलिङ गर्ने

असार १७, काठमाडौँ | आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेटमा आइतबार नेपालले चिरपरिचित प्रतिद्वन्द्वी संयुक्त अबर इमिरेट्स (यूएई)सँग प्लेअफ चरणको खेल खेल्दैछ । उक्त खेलमा टस जितेको नेपालले पहिलो बलिङ गर्ने भएको छ ।

यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको नेपालले सातौँ वरीयताका लागि यूएईसँग भिडन्त गर्न लागेको हो । उक्त खेलमा विजयी हुने टोलीले आगामी मंगलबार आयरल्यान्डसँग सातौँ वरीयताका लागि प्रतिस्पर्धा गर्नेछ । आयरल्यान्डविरुद्धको खेलमा विजयी हुने टोलीले सातौँ र पराजित हुने टोलीले आठौँ वरीयता प्राप्त गर्नेछ ।

यसैगरी नेपाल र यूएईबीचको खेलमा पराजित हुने टोलीले आगामी बिहीबार अमेरिकासँग नवौँ वरीयताका लागि प्रतिस्पर्धा गर्नेछ । अमेरिकाविरुद्वको खेलमा विजयी हुने टोलीले नवौँ र पराजित हुने टोलीले १०औँ वरीयता प्राप्त गर्नेछन् । 

नेपाल र यूएईबीच खेलिएका पछिल्ला पाँचमध्ये चार खेलमा नेपाल विजयी भएको छ । एउटा खेलमा भने यूएई विजयी भएको छ । पछिल्लो पटक गत मेमा घरेलु मैदानमा खेलिएको एसीसी प्रिमियर कपको फाइनलमा नेपालले यूएईलाई सात विकेटले हराएको थियो ।

त्यसअघि गत मार्च १६ तारिखमा कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको आईसीसी क्रिकेट वल्र्ड कप लिग टुको खेलमा नेपालले यूएईलाई डकवर्थ एन्ड लुइस नियमका आधारमा नौ रनले पराजित गरेको थियो । 

यसैगरी लिग टु प्रतियोगिताकै मार्च १२ तारिखमा खेलिएको खेलमा घरेलु टोली नेपालले यूएईलाई एक सय ७७ रनको फराकिलो अन्तरले पाखा लगाएको थियो । त्यसअघि लिग टु प्रतियोगिताको मार्च ६ तारिखमा दुबईमा खेलिएको खेलमा नेपालले यूएईलाई ४२ रनले हराएको थियो । सोही प्रतियोगिताको मार्च २ तारिखमा दुबईमै खेलिएको खेलमा भने यूएईले नेपाललाई ६८ रनले हराएको थियो ।

विश्वकप छनोटमा आइतबार नै श्रीलङ्का र जिम्बाबेबीच सुपर सिक्स चरणको खेल हुँदै छ । जिम्बाबे र श्रीलङ्का दुवै आगामी एकदिवसीय विश्वकपमा छनोट हुने प्रबल सम्भावना छ । यी दुवै टोलीको ६—६ अङ्क रहेको छ । 

जिम्बाबे र श्रीलङ्कालाई चार अङ्कसहित स्कटल्यान्ड र दुई अङ्कसहित नेदरल्यान्ड्सले चुनौती दिइरहेका छन् । दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजले भने आगामी एकदिवसीय विश्वकप खेल्न नपाउने पक्का भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला