2026-09-21 09:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

यूएईविरुद्धको खेलमा नेपाली टोलीमा तीन खेलाडी परिवर्तन, पूर्वकप्तान ज्ञानेन्द्र पनि प्लेइङ सेटमा

असार १७, काठमाडौँ | यूएईविरुद्ध भइरहेको खेलमा नेपाली टोलीमा ज्ञानेन्द्रसहित तीन खेलाडी परिवर्तन भएका छन् । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले झण्डै ४ महिनापछि अन्तर्राष्ट्रिय क्रिकेटमा खेल्ने अवसर पाएका छन् ।

विश्वकप छनोटअन्तर्गत सातौं स्थानका लागि हुन लागेको प्ले अफ सेमिफाइनलमा ज्ञानेन्द्र नेपालको प्लेइङ सेटमा रहेका छन् । 

प्रतिस जिसी र अर्जुन साउदले पनि प्लेइङ ११ मा ठाउँ बनाएका छन् । जिम्बाव्वेको हरारेमा चलिरहेको विश्वकप छनोटका समूह चरणको खेलमा यी तीनै जनाले खेल्न पाएका थिएनन् । कुशल मल्ल, आरिफ शेख र ललित राजवंशीलाई आराम दिँदै उनीहरुलाई मैदान उतारिएको हो ।

विश्वकपको सुपर सिक्समा पुग्न नसकेको नेपालले यूएईसँग प्ले अफ खेल्न लागेको हो । अहिलेको खेलको विजेताले सातौं स्थानका लागि आयरल्याण्डसँग र पराजित टिमले नवौं स्थानका लागि अमेरिकासँग खेल्ने छ । समूहगत चरणमा चारमध्ये तीन खेलमा पराजय व्यहोरेर नेपाल सुपर सिक्स पुग्न असफल भएको थियो ।

ज्ञानेन्द्रले नेपालका लागि अन्तिम पटक गत मार्च ९ तारिखमा खेलेका थिए । विश्वकप लिग- २ अन्तर्गतको त्यस खेलमा नेपालले कीर्तिपुर मैदानमा पपुआ न्युगिनी (पीएनजी)सँग खेलेर ५२ रनको जीत हात पारेको थियो ।

ज्ञानेन्द्रले ११ रन बनाएका थिए । यसबीचमा नेपालले विश्वकप लिग- २ का बाँकी ३ खेल, एसीसी प्रिमियर कपका ६ खेल, विश्वकप छनोटका दुई वटा वार्म अप खेल र विश्वकप छनोटमा चार खेल खेलिसकेको छ । यसबाहेक नेपालले दक्षिण अफ्रिकामा दुईवटा अभ्यास खेल पनि खेलेको थियो ।

ज्ञानेन्द्रले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि ३५ खेल खेल्दै ७ अर्धशतकसहित ८५६ रन जोडेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो