2026-09-21 09:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपालले सिंगापुरलाई दियो १८५ रनको लक्ष्य

असार १८, काठमाडौं | मलेसियामा जारी एसीसी मेन्स अन्डर–सिक्स्टिन ईस्ट जोन क्रिकेटको फाइनल प्रवेशका लागि नेपालले सिंगापुरलाई १ सय ८५ रनको विजयी लक्ष्य दिएको छ। 

मलेसियाको बायुमास ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेटको क्षतिमा १ सय ३४ रन बनायो। 

नेपालका लागि सुर्यांशु कोइरालाले ४९ बलको सामना गर्दै  ४३ रन बनाउँदा निरज कुमार यादवले ४९ बल नै खेल्दै ४२ रन बनाए। 

नेपाली टोलीका क्याप्टेन अविशेक तिवारीले २५ रन बनाउँदा सन्तोष यादवले १८ रन बनाए। यस्तै प्रतिक भट्टराईले १२ रनको योगदान गरे भने दिपु कुमारले नटआउट १२ रन नै बनाए। 

सिंगापुरका हरिहरणले ३ विकेट लिए भने हर्ष भेङ्कटम र कविर विरालाले समान २ विकेट लिए। 

घरेलु टोली मलेसियालाई पराजित गर्दै समूह विजेताको रुपमा सेमिफाइनलमा पुगेको नेपाल आज सिंगापुरलाई पराजित गर्दै फाइनलमा स्थान बनाउन चाहन्छ। 

सेमिफाइनलको अर्को खेलमा  मलेसियाले हङकङलाई १ सय ५६ रनको विजयी लक्ष्य दिएको छ। 

उपाधिका लागि दुई विजेता टोली र तेस्रो स्थानका लागि दुई पराजित टोलीबीच भोलि नै खेल हुने छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो