२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

यूएईलाई हराएको नेपालको अब आयरल्याण्ड अर्को प्रतिस्पर्धी, यूएईले अमेरिकासँग खेल्ने

२०८०, १८ असार सोमबार ०५:५०

असार १८, काठमाडौँ | क्रिकेट विश्वकप छनोट खेल्न जिम्बावे पुगेको नेपाली टोलीले अन्तिम खेलमा आयरल्याण्डसँग खेल्ने भएको छ। नेपालले मंगलवार आयरल्याण्डविरुद्ध टाकासिंगा स्पोर्ट्स क्लबमा आयरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ।

समूह 'ए' र 'बी'बाट तीन-तीन सुपरसिक्समा पुग्दा बाँकी दुई-दुई टोली प्लेअफमा पुगेका थिए। प्लेअफमा पुगेको समूह 'ए' मा पाँचौँ बनेको अमेरिकाले आयरल्याण्डसँग पराजय ब्यहोरेको थियो।

त्यस्तै समूह 'ए' मा चौथो बनेको नेपालले समूह 'बी' मा पाँचौँ बनेको यूएईलाई हराएको थियो। आइतवार सम्पन्न खेलमा टस हारेर ब्याटिङमा उत्रिएको यूएईले ४६.५ ओभरमा अलआउट हुँदै १८१ रन बनाएको थियो। यसक्रममा बृत्य अरबिन्दले सर्वाधिक ४५ रन बनाउँदा रोहन मुस्ताफाले ३५, बसील हमीदले २९ तथा आर्यन्स शर्माले २८ रन बनाएका थिए। बलिङतर्फ नेपालका करण केसी र सन्दीप लामिछानेले समान ३ विकेट लिँदा प्रतिश जिसी, गुलसन झा र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिएका थिए। ब्याटिङमा ओपनर कुशल भुर्तेलले ३५ रन बनाउँदा त्यसपछिको क्रम धर्मराएको थियो। १०६-७ को अवस्थामा पुगिसकेको नेपाललाई दीपेन्द्रसिंह ऐरीले ७० रनको साझेदारी गर्दै उकासेका थिए। ऐरीले अविजित ७९ रन बनाउँदा लामिछानेले अविजित २३ रन बनाए।

नेपालले यूएईलाई हराएसँगै सातौँ स्थानको लागि आयरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै आयरल्याण्डसँग पराजय ब्यहोरेको अमेरिका र नेपालसँग पराजय ब्यहोरेको यूएई नवौँ स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने