२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

माओवादी पार्टीहरूको एकता जरुरी छ : नेत्रविक्रम चन्द

२०८०, १८ असार सोमबार ०९:११

असार १८, काठमाडौँ | नेकपाका नेता नेत्रविक्रम चन्दले अहिले नेपालको कम्युनिस्ट आन्दोलनको विषयमा बहस जरुरी रहेको भन्दै यसलाई एकीकृत गर्ने समय आएको बताएका छन् ।

अहिले माओवादी पार्टीहरूको एकताभन्दा पनि मोर्चा निर्माणको विषय महत्त्वपूर्ण रहेको उनले बताए । र यसमा आफूहरू एक हदसम्म सफल भएको चन्दको दाबी छ । हालै गठन भएको समाजवादी मोर्चाको सन्दर्भ जोड्दै नेता चन्दले यस्तो बताएका हुन् ।


समाजवादी कोर्चाको विषयमा उनले अस्थिरता र आर्थिक संकटले अस्थिर बनेको मुलुकलाई सुव्यवस्थित र संगठित तरिकाले निकास दिन चार राजनीतिक दलका बीच सहमति बनेको भनाइ थियो ।

पार्टी केन्द्रीय कार्यालय शिवगढीमा कान्तिपुरसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । यस क्रममा चन्दले समाजवादी मोर्चामा आफूहरू सामेल भए पनि आफ्नो पार्टीलाई संसदवादी पार्टीको रुपमा हेर्न नहुने जिकिर गरेका थिए ।

'माओवादी पार्टीहरुबीचको एकता वस्तुगत रुपले बन्न जरुरी भएको छ । त्यसका लागि छलफलहरु चलेका छन् । तर सुव्यवस्थित तरिकाले विषयमा प्रवेश गरेका छैनौं । एकता हुने विषय मुख्य भएपछि त्यसमा छलफल गरेर संगठनात्मक क्षेत्रमा नीति, विचार र कार्यक्रमले माग गरेअनुसार पदमा बस्न हामी जो कोही जहाँ पनि तयार छौं,' चन्दले भनेका छन् ।

यस्तै बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग भइरहेको वार्ताको सन्दर्भमा पार्टी एकता मात्र नभएर राष्ट्रिय स्वाधिनता, यथास्थितीवादी प्रवृत्तिबारे पनि छलफल भएको उनले बताए ।

समाजवादी मोर्चामा आबद्ध भए पनि उनले सरकारले गरेका राम्रो कामको समर्थन र नराम्रो कामको विरोध गर्ने बताएका थिए । उनले भनेका छन्, 'आवश्यकता पर्‍यो भने संघर्ष र आन्दोलन गर्न पनि पछि पर्दैनौं ।'

चार दलबीच बनेको मोर्चाले देशलाई स्थिरता र निकास दिने भन्दै उनले आफूहरू पनि मोर्चामा सामेल भएको बताएका थिए । साथै अहिलेसम्मका उपलब्धि रक्षा गर्न आफूहरू मोर्चामा आएको उनले स्पष्टीकरण दिएका छन् ।

'१५ वर्षयता मुलुकमा संसदीय व्यववस्थाको जुन अभ्यास भयो त्यो सफल भएन । यसमा सिंगो देश स्पष्ट छ । सामान्य सुकुम्बासीदेखि बुद्धीजिवीसम्म, राजनीतिक व्यक्तिदेखि उद्योगी व्यवसायीसम्मको बुझाय त्यही छ । त्यही भएर मुलुकलाई अग्रगामी निकास दिएर समाजवादमा पुर्‍याउनुपर्छ । यसले स्थिरता र शान्ति ल्याउन सक्छ भन्ने भएपछि यो मोर्चामा हामी आयौं,' चन्दले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ