2026-09-21 12:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपालको पहिलो विकेट गुम्यो, ओपनर ब्याट्सम्यान कुशल भुर्तेल पेभेलियन फर्किए

असार १९, काठमाडौँ | आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको मंगलबार हुने प्लेअफ चरणको आयरल्यान्डविरुद्दको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ । पहिलो विकेटका रूपमा नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल पेभेलियन फर्किएका हुन् । उनी आठ रन बनाउँदै आउट भए । उनको विकेट क्रेग योङले लिए । नेपाल ८.१ ओभरमा २७ रन बनाएर खेल्दैछ । 

नेपालले टस हारी पहिले ब्याटिङको निम्तो पाएको हो । नेपालले आयरल्यान्डसँग पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको हो । यसैगरी नेपाली टोलीले आईसीसीबाट टेस्ट मान्यताप्राप्त राष्ट्रसँग तेस्रो पटक प्रतिस्पर्धा गरेको हो । 

यसअघि यही प्रतियोगिता यही विश्वकप छनोट प्रतियोगितामा नेपालले टेस्ट मान्यताप्राप्त राष्ट्र जिम्बाबे र वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गरेको थियो । जिम्बाबेविरुद्घको खेलमा नेपाल आठ विकेटले पराजित भएको थियो । वेस्ट इन्डिजसँग भने नेपाली टोली एक सय एक रनले पराजित भएको थियो ।

विश्वकप छनोट प्रतियोगिता जिम्बाबेमा आयोजना हुँदैछ । नेपाल र आयरल्यान्डबीचको खेलमा विजयी हुने टोलीले प्रतियोगितामा सातौँ वरीयता प्राप्त गर्नेछ । यसैगरी उक्त खेलमा पराजित हुने टोलीले भने आठौँ वरीयता पाउने छ ।

नवौँ र १०औँ वरीयताका लागि आगामी बिहीबार अमेरिका र संयुक्त अरब इमिरेट्स (यूएई) बीच खेल हुनेछ । उक्त खेलमा विजयी हुने टोलीले नवौँ वरीयता प्राप्त गर्नेछ । यसैगरी उक्त खेलमा पराजित हुने टोलीले १०औँ वरीयता पाउने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो