असार १९, काठमाडौँ | आईसीसी विश्वकप क्वालिफायर अन्तरगत सातौँ स्थानको प्लेअफमा नेपालले आयरल्याण्डविरुद्ध नेपालले पाँचौ विकेट गुमाएको छ । पाँचौ विकेटको रुपमा भिम सार्की ३१ बलमा २० रन बनाएर आउट भएका हुन् ।
नेपालले यसअघि अर्जुन साउदलाई ४८ रन, कप्तान रोहित पौडेललाई २९ रन, कुशल भुर्तेललाई ८ रन र ज्ञानेन्द्र मल्ललाई ७ रनमा गुमाएको थियो । ३६ ओभर समाप्त हुँदा नेपालले १६३ रनमा ५ विकेट गुमाएको छ ।