१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

युवतीलाई बलात्कार गरेको आरोप राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत कर्मचारी पक्राउ

२१ असार २०८०, बिहीबार ११:२२

असार २१, काठमाडौँ | राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत ‘सूचक’लाई ३३ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले  पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ राप्ती गाउँपालिका–८ बिजौरी घर भएर काठमाडौँको हनुमानस्थानमा बस्दै आएका दामोदर पौडेल छन् । आरोपित पौडेललाई काठमाडौँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) सिताराम रिजालले बताए । 

२०८० असार ७ मा पक्राउ गरेर महिला तथा ज्येष्ठ नागरिक सेवा केन्द्रले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

सामाजिक सञ्जाल मार्फत चिनजान भएर कुराकानी हुने क्रममा उनले मलाई विवाह गर्ने भनी प्रेम जालमा पारेर पौडेलले आफूसँग कुरा गरेको र त्यसपछि लगातार आफूलाई ‘कन्ट्रोल’मा राखेर बलात्कार गरेको पीडितले जाहेरीमा उल्लेख गरेकी छन् । 

३३ वर्षीया युवतीले काठमाडौँस्थित आफ्नो डेरामा आएर पौडेलले २०७८ माघ २१ मा पहिलो पटक बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी छन् ।

खाना खाने निहुँमा डेरामा आएर पहिलोपटक बलात्कार गरेका दामोदरले त्यसपछि पटक–पटक ‘विवाह गर्छु भनेर इच्छा विपरीत’ बलात्कार गरेको पीडितले आफ्नो जाहेरीमा उल्लेख गरेकी छन् । ‘२०७९ भदौ १६ मा आरोपितले हनुमानथानस्थित उनको डेरामा बोलाएर त्यहाँ बोल्न कराउन नदिई मुख थुनेर इच्छा विपरीत जबर्जस्ती करणी गरे’ पीडितले प्रहरीमा दिएको जाहेरीमा भनिएको छ |

प्रहरीले यस प्रकरणमा अनुसन्धान अघि बढाएपछि राष्ट्रिय अनुसन्धान विभागले उनलाई निलम्बन गरेको छ । प्रहरीका अनुसार पौडेल कानुन व्यवसायी समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार