Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राजीनामा नआएसम्म संसद चल्न दिईनेछैन भनेर किन भनियो मैले बुझेको छैन: प्रधानमन्त्री प्रचण्ड

२०८०, २५ असार सोमबार ११:५२

असार २५, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सहितका दलहरुले विरोध जनाएपछि आफ्नो स्पष्टीकरण दिइरहेका छन् । आज (सोमबार) प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले आफ्नो अभिव्यक्तिबारे स्पष्टोक्ती दिइरहेका छ्न् ।  प्रधानमन्त्री पु्ष्पकमल दाहाल प्रचण्डले प्रतिपक्ष नेकपा एमालेले राजीनामा माग्नुको कारण आफूले नबुझेको बताएका छन्।

 उनले भने 'राजीनामा नआएसम्म संसद् चल्न दिइदैन किन भनियो मैले बुझ्न सक्या छैन,'उनले प्रश्न गर्दै भने,'के यही हो संसदीय अभ्यास। प्रधानमन्त्री दाहालले अभिव्यक्तिबारे संसद्‍मा जवाफ दिन आफू तयार भएपनि प्रतिक्ष दलले सो अवसर नदिएको भन्दै आक्रोश व्यक्त गरे।

उनले पुस्तक विमोचनको सन्दर्भमा आफूले दिएको अभिव्यक्तिलाई लिएर प्रतिपक्षले संसद‍्मा उठाएको प्रश्नमा गम्भीर ध्यानाकर्षण भएको बताए। प्रधानमन्त्रीले भने,'पुस्तक विमोचनको सन्दर्भमा मैले दिएको अभिव्यक्तिलाई लिएर प्रतिपक्षले संसद‍्मा उठाएको प्रश्नमा गम्भीर ध्यानाकर्षण भएको बताए छ। त्यसको जवाफ दिनका लागि समय माग गरेको थिएँ। सभामुख र राजनीतिक दलबीच छलफल समेत गरेको थिएँ। स्पष्ट पार्नका लागि सुरूदेखि नै पर्खेर बसेको थिए। मलाई थाहा छैन किन संसद अवरोध गरियो। '

असार १८ गते एक कार्यक्रममा प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह पटकपटक दिल्ली धाएको अभिव्यक्ति दिएका थिए। त्यसपछि प्रधानमन्त्री दाहालको चौतर्फी आलोचना सुरु भएको थियो।

सोही विषयलाई लिएर प्रमुख प्रतिपक्ष नेकपा एमाले रास्वपा र राप्रपाले प्रधानमन्त्रीको राजीनामा माग गर्दै संघीय संसदको दुवै संसदन अवरोध गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ