१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राजीनामा नआएसम्म संसद चल्न दिईनेछैन भनेर किन भनियो मैले बुझेको छैन: प्रधानमन्त्री प्रचण्ड

२५ असार २०८०, सोमबार ११:५२

असार २५, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सहितका दलहरुले विरोध जनाएपछि आफ्नो स्पष्टीकरण दिइरहेका छन् । आज (सोमबार) प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले आफ्नो अभिव्यक्तिबारे स्पष्टोक्ती दिइरहेका छ्न् ।  प्रधानमन्त्री पु्ष्पकमल दाहाल प्रचण्डले प्रतिपक्ष नेकपा एमालेले राजीनामा माग्नुको कारण आफूले नबुझेको बताएका छन्।

 उनले भने 'राजीनामा नआएसम्म संसद् चल्न दिइदैन किन भनियो मैले बुझ्न सक्या छैन,'उनले प्रश्न गर्दै भने,'के यही हो संसदीय अभ्यास। प्रधानमन्त्री दाहालले अभिव्यक्तिबारे संसद्‍मा जवाफ दिन आफू तयार भएपनि प्रतिक्ष दलले सो अवसर नदिएको भन्दै आक्रोश व्यक्त गरे।

उनले पुस्तक विमोचनको सन्दर्भमा आफूले दिएको अभिव्यक्तिलाई लिएर प्रतिपक्षले संसद‍्मा उठाएको प्रश्नमा गम्भीर ध्यानाकर्षण भएको बताए। प्रधानमन्त्रीले भने,'पुस्तक विमोचनको सन्दर्भमा मैले दिएको अभिव्यक्तिलाई लिएर प्रतिपक्षले संसद‍्मा उठाएको प्रश्नमा गम्भीर ध्यानाकर्षण भएको बताए छ। त्यसको जवाफ दिनका लागि समय माग गरेको थिएँ। सभामुख र राजनीतिक दलबीच छलफल समेत गरेको थिएँ। स्पष्ट पार्नका लागि सुरूदेखि नै पर्खेर बसेको थिए। मलाई थाहा छैन किन संसद अवरोध गरियो। '

असार १८ गते एक कार्यक्रममा प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह पटकपटक दिल्ली धाएको अभिव्यक्ति दिएका थिए। त्यसपछि प्रधानमन्त्री दाहालको चौतर्फी आलोचना सुरु भएको थियो।

सोही विषयलाई लिएर प्रमुख प्रतिपक्ष नेकपा एमाले रास्वपा र राप्रपाले प्रधानमन्त्रीको राजीनामा माग गर्दै संघीय संसदको दुवै संसदन अवरोध गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार