असार २८, काठमाडौँ | ललितानिवास जग्गा प्रकरणमा किर्ते र जालसाझीपूर्ण कार्य गरेको भन्दै प्रकरणमा पक्राउ परेका सरकारका बहालवाला कृष्णबहादुर राउतलाई २४ घण्टाभित्र अदालतमा पेस गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले राउतलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको हो । सीआईबीले सञ्चार सचिव राउतलाई विराटनगर जाने क्रममा काठमाडौंस्थित एयरपोर्टबाट पक्राउ गरेको थियो । त्यसपछि उनी बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च पुगेका थिए । सोही रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले उनलाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो । राउतले शाखा अधिकृत रहेको बेला यो प्रकरणको टिप्पणी उठाएको आरोप छ ।