१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रास्वपा र रास्वपाको विरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

३१ असार २०८०, आईतवार ११:२६

असार ३१, काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलको विरोधका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । 

प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी रास्वपा र राप्रपाले अवरोध गरेका हुन् । उनीहरूको अवरोधले बैठक १५ मिनेटका लागि स्थगित भएको छ । रास्वपाका सांसदहरू बेल घेराउमा गएपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।

आइतबार बसेको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक कानुनमन्त्री धनराज गुरुङले प्रतिनिधिसभामा पेश गरेपछि रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टील सांसदहरुले उठेर विरोध जनाएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उक्त विधेयकको प्रस्ताव पेशको विषय सभामुखले निर्णयार्थ प्रस्तुत नगरेको भन्दै आपत्ति जनाए । उनले भने ‘त्यसो भएको हुनाले हामी जुन विधिमा थियौं त्यो विधिमा हामी जान पाएनौं, त्यो निर्णयार्थ प्रस्तुत गरेपछि हामीले गर्ने संसदको कारबाही अघि बढाउने तयारीमा थियौं, त्यसैले हाम्रो यो प्रक्रियामा असहमति छ’ ।

 सभामुख देवराज घिमिरेले आफूले प्रतिनिधिसभा नियमावली अनुसार नै बैठक चलाएको र रास्वपा सांसदहरुले नै समयमा आफ्नो असहमति राख्न नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार