साउन २, काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले थप २२ वटा विभाग थप्न प्रस्ताव गरेका छन् । पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै महामन्त्री थापाले हाल ४८ वटा विभाग रहेको कांग्रेसमा थप २२ वटा थपेर ७० वटा विभाग बनाउन प्रस्ताव गरिएको हुन् । विधानअनुसार ६ महिनामा गठन गरिसक्नुपर्ने भए पनि कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशन भएको डेढ वर्षसम्म पनि विभाग गठनमा चासो दिएका छैनन् ।
थापाले भने, ‘भदौ १५ भित्र सबै विभाग गठन गरेर पूर्णता दिइसक्ने प्रस्ताव छ ।’ उनका अनुसार विभागहरूले आफ्नो कार्ययोजनासहित एक वर्षको कार्यतालिका बनाएर भदौ मसान्तभित्र केन्द्रीय कार्यसमितिमा पेश गर्नुपर्ने छ ।
साथै हरेक ६र६ महिनामा केन्द्रीय कार्यसमितिमा प्रगति विवरण बुझाउनुपर्नेछ भने केन्द्रीय कार्यसम्पादन समितिले समीक्षा गर्ने छ।