साउन ३, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहालको आव्हानमा मन्त्रीपरिषद्को बैठक बसिरहेको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको बैठकमा समसामयीक विषयमा छलफल भइरहेको बताइएको छ ।
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएपछि गत बुधबारयता बैठक बस्न सकेको थिएन । पत्नी शोकमा एक साता औपचारिक कार्यक्रममा सक्रिय नभएका प्रधानमन्त्री प्रचण्ड आजबाट विभिन्न सार्वजनिक कार्यक्रममा सक्रिय हुने भएका छन् ।
बुढीगण्डकी जलासययुक्त जलविद्युत् आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्न प्रचण्ड आजै गोरखा जाने भएका छन् ।