२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कुनै पनि हालतमा सेनाको सङ्ख्या घटाउनु हुन्न : वामदेव गौतम

२०८०, ४ श्रावण बिहीबार ११:५७

साउन ४, काठमाडौँ | राष्ट्रियसभा सदस्य वामदेव गौतमले नेपाली सेनाको सङ्ख्या घटाउने प्रस्तावप्रति आपत्ति जनाएका छन् । गौतमले राष्ट्र र नागरिकलाई स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार दिलाएको सेनाको सङ्ख्यालाई घटाउने कुरा उसको अपमानबाहेक केही हुन नसक्ने तर्कसमेत गरे ।

बिहीवार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै ऊनले सेनाको सङ्ख्या कायम राख्दै औद्योगिक क्षेत्र र कृषि क्षेत्रको उत्पादन वृद्धिका लागि दुई लाख सेना थप गर्नुपर्ने प्रस्तावसमेत गरेका छन् |  त्यसो गरियो भने सेनाले आउँदो पाँच वर्षभित्र देशलाई आत्मनिर्भरमात्रै बनाउने नभई विदेश निर्यात गर्ने देशको स्तरमा पुर्‍याउने गौतमले दाबी गरेका छन् ।

उनले भने, ‘नेपाली सेनालाई यसरी हामीले अपमान गर्न हुँदैन । नेपाली सेना अहिले लगभग ९६ हजारको छ । नेपाली सेनाले धेरैधेरै अफ्ठ्यारोमा नेपाल राष्ट्रको रक्षा गरेको छ । नेपाली नागरिकको रक्षा गरेको छ । जसले सेनाको सङ्ख्या घटाउनुपर्छ, त्यसबाट बचेको पैसाले देश विकास गर्नुपर्छ भन्छ, म ती साथीहरूलाई सेनाको इतिहास पढ्न आग्रह गर्छु । नेपाली सेनालाई एक लाख राख्नु । अर्को दुई लाख सेना निर्माण गरेर देश निर्माण तथा औद्योगिक क्षेत्र र कृषि उत्पादनको क्षेत्रमा राख्नु । सेनाले गरेर देखाउँछ । र उसले पाँच वर्षभित्र नेपाललाई आत्मनिर्भर मात्रै होइन विदेश पठाउने गरी देशमा उत्पादन बढाउन सक्छ ।’

सदस्य गौतमले गौरवगाथाले भरिएको सेनाको सङ्ख्या घटाएर त्यसको बजेट देशको विकासमा लगाउने कुराको पनि खण्डन गर्दै बरु प्रतिनिधिसभाको सङ्ख्या घटाउन र प्रदेशसभा हटाउँदा उपयुक्त हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई