साउन ८, काठमाडौं | कोशी प्रदेश मुख्यमन्त्रीविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।
कोशी प्रदेश सरकारको वैधतामाथि प्रश्न उठाएर कोशी प्रदेश सभा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलास सुनुवाइ भइरहेको हो ।
दिउँसो १२:३५ बजेदेखि सुरु भएको सुनुवाइ अहिले खाजाखाना समय रोकिएको र पछि सुरु हुने अदालतले जनाएको छ ।