१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

‘सिमित व्यक्तिले राम्रो घर बनाउँन र गाडि चढ्न मात्रै प्रजातन्त्र ल्याएको हो ?’ – नेता भण्डारी

९ श्रावण २०८०, मंगलवार ०९:१२

साउन ९, काठमाडौं । नेपाली काङ्ग्रेसका नेता चन्द्र भण्डारीले, सिमित व्यक्तिहरुले राम्रो घर बनाउँन र राम्रो गाडि चढ्न मात्रै देशमा प्रजातन्त्र ल्याएको हो ? भन्दै प्रश्न गरेका छन् । 

४१ औं वीपी स्मृति सप्ताहको अवसरमा आयोजित ‘वर्तमान राजनीतिक चुनौतीहर र नेपाली काङ्ग्रेसको दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले सधैँ वीपी र गणेशमानको नाममा कमाउँने प्रवृत्ति बढ्दै गएको दाबी गरेका  उनले त्यसलाई अन्त्य गर्ने दायित्व कांग्रेसको काँधमा आएको बताए । 


उनले भने, ‘सिमित व्यक्तिहरुको परीवार बनाउँन, सिमित व्यक्तिहरुको घर बनाउँन, सिमित व्यक्तिहरु राम्रो गाडि चढ्न यो देशमा प्रजातन्त्र ल्याएको हो ? के सहिदहरु बनेको हो ? यो प्रश्न र चुनौती आजको हो । हामी सधैँ वीपी, गणेशमान भनेर नाम लिने  उनको आचरण लिन नपर्ने उनको नाममा कमाउँने, समाजका मान्छे भन्दा भिन्न हुने कहिले पनि हुदैँन् । यसको अन्त्य गर्ने नेपाली काङ्ग्रेसको दायित्व हो । ’

यस्तै उनले भाग्यले केही व्यक्तिहरु प्रधानमन्त्री, मन्त्री बने तर अबको युवाहरुले त्यो पद पाउँनको लागि धेरै ठूलो त्याग गर्नुपर्ने बताए । 

‘युवा विहिन देश बन्दै छ, देशमा किसानहरु समस्या परेका छन् त्यो विषयमा छलफल होला भनेको शक्ति प्रदर्शन गर्ने थलो बनेको छ समितिको बैठक, यसरी चल्छ काङ्ग्रेस, यसरी चलाउन सकिन्छ ?  उनले भने ‘ २, ४ जना बढ्नु र पढ्नु यहीको समाजवाद, भर्खरका युवाहरु देश छोडेर जानु यहीको समाजवाद हो । भाग्यले केही व्यक्तिहरु प्रधानमन्त्री हुनुभयो, भाग्यले कर्म नगरिकन केही व्यक्तिहरु मन्त्री बन्नु भयो अबको युवाहरुले त्यो पद पाउँनको लागि धेरै ठूलो त्याग गर्नुपर्छ । हिजोको जस्तो होईन ।’

उनले केन्द्रीय समितिको बैठक समसामयिक विषयका चर्चा गर्नुभन्दा पनि शक्ति प्रदर्शन गर्ने थलो बनेको समेत टिप्पणी गरे । 

बैठकमा राष्ट्रिय एजेण्ड र परराष्ट्र नीतिमाथि छलफल गनुपर्ने अवस्थामा एकअर्कालाई गाली गर्ने काम मात्रै भएको पनि उनको टिप्पणी रहेको छ । 

यस्तो प्रवृत्तिले नेपाली काङ्ग्रेसलाई कमजोर बनाएको भन्दै यसलाई रोक्नु आजको आवश्यकता भएको बताए ।

उनले भने, ‘कति दिन वीपीको नाम जप्नी कर्म नगर्ने नाम जप्नी, वीपीको नाम मात्रै लिएर हामीले चाहेको परिणाम आउँदैन् । धनराज यहाँ आउँनु भएको छ, तपाईहरु महामन्त्री बन्नु भयो, उपाध्यक्ष बन्नु भयो अहिलेसम्म तपाईहरु सँगै बसेर पार्टी सभापतिसँग यो काम गर्नुपर्छ भनेर भन्नु भएको छ कि छैन् । हामीले यो पार्टी बनाउँदा सबै सँगै बसेर कति राम्रो काम गरेको थियो । आज भाषण गर्ने, बोल्ने कुरा गर्ने तर सँगै बसेर संयुक्त रुपमा छलफल नगर्दा भनाई खान परेको छ । आफ्नो घर बनाउँन वीपीको नाम लिनु पाप हो । ’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड