१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सरकारलाई स्याबासी दिएका छौँ, हरेक विषय गिजोलेर छोड्ने काम नहोस् : रवि लामिछाने

१० श्रावण २०८०, बुधबार १०:४३

साउन १०, काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले छानबिन सुरु गरेका विषयहरू जरासम्म नपुगेको भन्दै असन्तुष्टि जनाएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले हरेक विषयलाई गिजोलेर छोड्ने काम मात्रै भएको टिप्पणी गरे।

‘हरेक विषय सरकारले सुरु गर्छ। अलि जरोसम्म पुग्छ कि भन्यो, त्यहाँ गएर अड्किन्छ, गिजोलिन्छ। नक्कली भुटानी शरणार्थीमा जरा कहाँ छ सारा जनतालाई थाहा छ। सुरुवात गर्‍याे, सरकार अड्कियो,’ उनले भने, ‘फेरि सरकारले ललितानिवास काण्ड सुरु गर्‍याे। ललितानिवासको जरो कहाँ छ सबै देशलाई थाहा छ। सरकार जरोमा जाँदैन त्यहाँ पनि गिजोल्छ। सुनकाण्डको पनि जरो कहाँ छ, आरोपितहरूको नाम त आइरहेको छ नि, तर सरकार त्यसको जरोमा जाँदैन, हाँगाबिँगा काटेर चुप लागेर बसिरहेको छ।’

कुनै पनि विषयलाई गिजोल्न मात्र खोजे सरकारको दिनगन्ती सुरु हुने सभापति लामिछानेको चेतावनी छ। ‘कुनै पनि विषयलाई गिजोल्ने मात्र नभई जरासम्म पुग्ने सहास लिएको भए ठीक छ। नत्र केही कर्मचारीलाई सरुवा गरेर फाइल खोलेझैँ गर्न थाले सरकारको दिन गन्न सुरु हुन्छ,’ उनले भने।

भ्रष्टाचारको विरुद्धमा चालेका कदमका लागि आफूहरूले सरकारलाई स्याबासी दिएको भन्दै उनले त्यसलाई फाइदाका रूपमा नलिन आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड