२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

फिफा विश्वकप २०२६ को पहिलो चरणको छनोटमा नेपालको प्रतिद्वन्द्वी लाओस

२०८०, ११ श्रावण बिहीबार ०७:०२

साउन ११, काठमाडौँ | फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को एसिया छनोटको पहिलो राउन्डमा नेपालले लाओससँग प्रतिस्पर्धा गर्ने भएको छ। एसियाली फुटबल महासंघ (एएफसी) ले आज सार्वजनिक गरेको पहिलो चरणको ड्रमा नेपालले लाओससँग प्रतिस्पर्धा गर्ने  तय भएको हो।

नेपालले लाओससँग होम एन अवे गरी दुई खेल खेल्नेछ। पहिलो खेल १२ अक्टोबर र दोस्रो खेल १७ अक्टोबरमा हुनेछ। फिफा वरीयतामा नेपाल १७५औं र लाओस १८७औं स्थानमा छन्। जित हात पारे नेपाल दोस्रो चरणमा पुग्नेछ। पहिलो चरणमा नेपालसँगै २० ले प्रतिस्पर्धा गर्दैछन्। एसिया वरीयतको पुछारका २० लाई पहिलो चरणमा प्रतिस्पर्धा गराउन लागिएको हो। 

फिफा विश्वकप र एसियन कप छनोटको पहिलो चरण

  • अफगानिस्तान विरुद्ध मंगोलिया
  • माल्दिभ्स विरुद्ध बंगलादेश
  • सिंगापुर विरुद्ध गुआम
  • यमन विरुद्ध श्रीलंका
  • म्यानमार विरुद्ध मकाउ
  • कम्बोडिया विरुद्ध पाकिस्तान
  • चाइनिज ताइपेइ विरुद्ध इस्ट टिमोर
  • इन्डोनेसिया विरुद्ध ब्रुनाई 
  • हङकङ विरुद्ध भुटान
  • नेपाल विरुद्ध लाओस


अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्ने फिफा विश्वकप २०२६ मा ४८ टिमबीच प्रतिस्पर्धा हुने तय छ।एसियन कप २०२७ मा २४ टिमबीच भिडन्त हुनेछ। फिफा विश्वकप २०२६ मा एसियाका लागि ८ टिमको कोटा छ। यस्तै एसियाका एक टिमले अन्तरमहादेशीय प्लेअफ खेल्न पाउनेछन्। प्लेअफ जितेको अवस्थामा २०२६ मा एसियाबाट ९ टिमले विश्वकपमा भाग लिन सक्नेछन्।

फिफा विश्वकप २०२६ एसिया छनोट

पहिलो राउन्ड :  पहिलो राउन्डमा २० टिम सहभागी हुने भएका छन्। जसमा एएफसीको वरीयतामा रहेका २७ देखि ४६ औं स्थानका टिम हुनेछन्। २० टिममध्ये दुई-दुई टिम एकआपसमा भिड्नेछन्।  १० विजेता दोस्रो राउन्डमा पुग्नेछन्। एएफसीका अनुसार पहिलो राउन्ड अक्टोबर २०२३ मा हुनेछ।

दोस्रो राउन्ड : दोस्रो राउन्डमा १ देखि २६ औं वरीयताका टिम तथा पहिलो चरणबाट छनोट भएका १० टिम गरी ३६ टिमबीच प्रतिस्पर्धा हुनेछ। ३६ टिमलाई ९ समूहमा विभाजन गरिनेछ। एक समूहमा चार टिम हुनेछन्। होम एन्ड अवेका आधारमा समूहको प्रतिस्पर्धा हुनेछ। ९ समूहको विजेता र उपविजेता गरी १८ टिम एएफसी एसियन कपमा पुग्नेछन् भने फिफा विश्वकप छनोटको तेस्रो राउन्डमा पुग्नेछन्। दोस्रो राउन्ड मार्च २०२४ मा हुनेछ।

एएफसी एसियन क्वालिफायर :  १८ टिमबीच तेस्रो चरणमा फिफा विश्वकप २०२६ का लागि प्रतिस्पर्धा हुनेछ। १८ टिमलाई तीन समूहमा विभाजन गरिनेछ। एक समूहमा ६ टिम हुनेछन्। टिमहरू होम एन्ड अवेका आधारमा प्रतिस्पर्धा गर्नेछन्। तीन समूहका विजेता र उपविजेता गरी ६ टिम फिफा विश्वकप २०२६ का लागि छनोट हुनेछन्। 

एसियाली प्लेअफ:  एसियन क्वालिफायरका तीन समूहका तेस्रो र चौथो स्थानमा रहेका ६ टिम प्लेअफमा रहनेछन्।  ६ टिमलाई तीन-तीन टोलीको दुई समूहमा विभाजन गरी सिंगल राउण्ड रोबिन ढाँचामा प्रतिस्पर्धा गरिनेछ। दुई समूहका शीर्ष दुई टिम फिफा विश्वकप २०२६ मा पुग्नेछन्। यसरी आठ टिम एसियाबाट विश्वकपमा पुग्नेछन्। दुई समूहमा दोस्रो स्थानमा रहेका दुई टिमले इन्टरकन्टिनेन्टल प्लेअफका लागि भिड्नेछन्।

एएफसी एसियन कप २०२७

दोस्रो राउन्डको समूह विजेता र उपविजेता गरी १८ टिम एसियन कप २०२७ मा स्वत: छनोट हुनेछन्। बाँकी ६ स्थानका लागि एसियन कप छनोट हुनेछ।

एसियन कप छनोट

विश्वकप छनोटको दोस्रो राउन्डको प्रतिस्पर्धामा समूहमा तेस्रो र चौथो भएका १८ टिम पुग्नेछन्। यस्तै पहिलो चरणमा पराजित भएका १० टिमबाट प्लेअफ गराउँदै ५ टिम पनि छनोटमा पुग्नेछन्। पहिलो चरणमा पराजित हुने एउटा उत्कृष्ट वरीयताको टिम छनोटमा पुग्नेछ। यसरी २४ टिमबीच छनोट हुनेछ। ६ समूहका शीर्ष ६ टिम एसियन कप २०२७ मा पुग्नेछन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी