साउन ११, काठमाडौँ | कल बाइपास गरिरहेको अवस्थामा महेन्द्रनगरबाट एक भारतीयसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले बुधबार महेन्द्रनगरको एक घरमा कल बाइपास गरिरहेको अवस्थामा दोधारा चाँदनी नगरपालिका-७ का प्रवीण खड्का, भीमदत्त नगरपालिका-१० का दिपक सिंह बोहोरा र भारत दिल्लीका गुल्जार अहमदलाई पक्राउ गरेको हो ।
उनीहरुले विगत चार महिनादेखि कल बाइपास गरिरहेको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए ।
कल बाइपास गरिरहेको स्थानबाट कम्प्युटर, नेपाल टेलिकमको ल्यान्ड लाइनफोन, मोबाइल, केवल र वाइफाइका राउटरहरु बरामद गरिएको प्रहरीले जनाएको छ ।